बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अनुहारको दाग कसरी हटाउने ?

अनुहारको दाग कसरी हटाउने ?


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८०, शनिबार

पोखरा / आफ्नो मुहार सुन्दर बनाउनका लागि महिलाहरूले धेरै कार्यहरू गरिरहेका हुन्छन्, ताकी आफ्नो मुहार अझै निखार र सुन्दर देखियोस् ।

यसका लागि उनीहरूले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् ।

तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि आफ्नै घरमा भएका सामाग्रीहरू प्रयोग गरेर ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सक्नु हुन्छ ।

त्यसका लागि तपाईंले टमाटर र कागती प्रयोग गरेर मुहारलाई अझ सुन्दर बनाउन सक्न हुन्छ ।

कागतीमा भिटामिन सी पाइन्छ भने टमाटरमा पाइने भिटामिन बी र एन्टी आँक्सीडेंन्टका कारण मुहारमा प्राकृतिक निखार ल्याउन मद्यत गर्दछ ।

आउनुहोस, जानी राखौं, घरमा सजिलै बनाउन सकिने घरेलु मेकअप प्याक र यसबाट हुने फाइदाका बारेमा ।

छालालाई शितलता: 

चर्को घामले छालामा समस्या ल्याइरहेको हुन्छ । यस्तो बेला मुहारमा टमाटरको प्रयोग गरेमा शितलता प्रदान गर्दछ । टमाटरमा पाउने तत्वले छालाको जलनमा शितलता प्रदान गर्न मदत गर्दछ ।

सफा र चम्किलो मुहारः

टमाटर र कागतीले छालाको टैनिगको कम गर्न मद्यत गर्दछ । यसका साथै मुहारमा आएको दाग र धब्बाको कम गर्नका लागि पनि उपयोगी रहेको छ ।

एन्टी-एजिंग मास्कः 

टमाटरमा भिटामिन बी र एन्टी एजिंग गुणहरू पाइन्छ । जो छालालाई जवान देखाई रहनका लागि मद्यत गर्दछ । यसका लागि कागतीको रसमा महको मिलाएर अनुहारमा लगाउनुहोस र १५ मिनेटपछि सफा पानीले अनुहार पखाल्नुहोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->