बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुपरदोर्दी ‘ख’ बाट उत्पादित ५४ मेगावाट बिधुत राष्ट्रिय प्रसारणमा जोडियो

सुपरदोर्दी ‘ख’ बाट उत्पादित ५४ मेगावाट बिधुत राष्ट्रिय प्रसारणमा जोडियो


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८०, आइतबार
फाईल तस्वीर ।

लमजुङ / लमजुङको दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविधुत आयोजनाबाट उत्पादित बिधुत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित विधुतको परीक्षण सफल भएसँगै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाका साइड इन्चार्ज रमेश सिग्देलका अनुसार एक महिनाअघि निर्माण गरेर आयोजनाको डिसेन्टर टनेलमा दुई तीन पटक पानी हालेर परीक्षण गरेपछि विधुत उत्पादन परिक्षण सफल भएको हो । विधुत प्राधिकरणका कर्मचारीले १५ दिनसम्म परीक्षण गरेका थिए ।

१५ दिनपछि व्यावसायिक रुपमा विधुत उत्पादन थालिएको आयोजनाका साइड इन्चार्ज सिग्देलले बताए । उनले भने, ‘५४ मेगावाट बिधुत क्षमता भएपनि दोर्दी खोलामा पानीको सतह घटेका कारण हाल २०/२२ मेगावाट बिधुत मात्रै उत्पादन भइरहेको छ ।’

प्राधिकरणका पदाधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी लगायत टोलीले आयोजनाको उत्पादित बिजुली अवलोकन गरेका थिए । यो आयोजनाले निर्माण सुरु गरेको करीव ९ वर्षपछि बिजुली उत्पादन गरेको हो ।

आयोजनाले वि.सं. २०७१ मा विधुत खरिद सम्झौता (पिपिए) गरी ०७२ असोज महिनादेखि निर्माण सुरु गरेको थियो । सम्झौता अनुसार वि.सं. २०७५ मा निर्माण सम्पन्न गरी विधुत उत्पादन गरीसक्नुपर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि वि.सं .२०७७ असारसम्मका लागि म्याद थप गरिएको थियो ।

सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि वि.सं.२०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटक पटक म्याद थप गर्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहे पनि सो समयमा पनि विधुत उत्पादन हुन सकेको थिएन ।

यसअघि भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढीपहिरो, कोरोना सङ्क्रमण, लकडाउन लगायत कारणले निर्माण अवधि लम्बिएकोे आयोजनाले जनाएको छ ।

आयोजनाको ५ दशमलव १ किलोमिटरको मुख्य सुरुङ छ । सबै गरेर १० किलोमिटर सुरुङ मार्ग छ । ८ अर्ब ८० करोड लगानीमा उक्त आयोजनाको निर्माण कार्य अघि बढाइएकोमा निर्माण अवधि लम्बिँदा लागत करीव साढे १० अर्ब पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->