बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यार्थीलाई परामर्श दिन बागलुङमा ग्रेस इन्टरनेशनल

विद्यार्थीलाई परामर्श दिन बागलुङमा ग्रेस इन्टरनेशनल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८०, मंगलबार

बागलुङ/ ग्रेस इन्टरनेशनल एजुकेशनले बागलुङमा आफ्नो १२ औँ शाखा संचालनमा ल्याएको छ । शिक्षा क्षेत्रमा विद्यार्थीलाई परामर्शका लागि सेवा बिस्तार गरेको ग्रेसले जनाएको छ ।

‘कन्सल्टेन्सीहरु दलाल होईनन्, हामिले विद्यार्थीलाई बिदेश जाउ भन्दैनौं अथवा बिदेश पठाउनकै लागि हामि आएका होईनौं’ शाखा सञ्चालक ओमबार पौडेलले भने ‘हामि शैक्षिक परामर्शका लागि स्थापना भएका छौं, विद्यार्थीको सहजताका लागि मात्रै काम गर्छौं ।’

ग्रेस इन्टरनेशनल एजुकेशन नेपालका प्रमुख एन्ड्रयु पौडेलले बागलुङ शाखाको कार्यालय उद्घाटन गरेका थिए । उनले असल शैक्षिक परामर्श दिँदै आएको ग्रेस इन्टरनेशनले अब बागलुङबाट पनि सेवा विस्तार गरेको बताए । पौडेलले पछिल्लो समय विद्यार्थीहरुमा कहाँ पढ्ने, के पढ्ने, पढेर के भन्ने भन्ने दुविधा भैरहेको बेला ग्रेस इन्टरनेशनले उनीहरुको भविष्यका बारेमा परामर्श गर्ने बताए । संस्थाले विद्यार्थी गुणस्तरीय शिक्षा प्रदानका लागि जोड दिने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->