स्याङ्जा / पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड २३ लाख २८ हजार रुपैयाँ बरावरको बजेट पारित गरेको छ । कुल बजेटमध्ये चालूतर्फ ९४ करोड ५८ लाख ८६ हजार र पूँजीगत तर्फ ४५ करोड ६४ लाख ८५ हजार रुपैंया विनियोजन गरिएको छ ।
नगरप्रमुख तुलसीराम रेग्मीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख देवी अर्यालद्धारा प्रस्तुत बजेट १३ औं नगरसभामाले पारित गरेको हो ।
गौरवका योजनालाई निरन्तरता दिइने गरी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सडक, पर्यटन, प्रविधि, सामाजिक सुरक्षा तथा पञ्जिकरण, वातावरण, विपद ब्यवस्था, महिला, बालबालिका, जेष्ठ नागरिक , न्यायिक सेवा, सूचना तथा सञ्चार क्षेत्रलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको नगर प्रम्ुख रेग्मीले बताए ।
शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार भन्ने मुल नाराका साथ सवल वडा समुन्नत नगरपालिका बनाउने परिकल्पना साथ अघिबढेको उनको भनाइ छ ।





