बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङको ओखलढुंगामा धान महोत्सव

बागलुङको ओखलढुंगामा धान महोत्सव


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८०, शनिबार

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रविधि बढाएर बागलुङमा धान उत्पादन बढाउने लक्ष्य राखेको बताएका छन् । उनले परम्परागत विधि र पद्दतिलाई संरक्षण गर्दै बागलुङ नै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन पहल भएको पनि बताए ।

बागलुङ नगरपालिका–३ को खहरेमा आयोजित धान रोपाई महोत्सव कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले भूगोल बढाउन नसकिने भएकोले प्रविधि र क्षमता बढाएर देशलाई आत्मनिर्भर बनाउने कृषिका कार्यक्रम चाहिएको बताए ।
बीसौं राष्ट्रिय धान दिवसको अवसरमा बागलुङ नगरपालिकाको आयोजना र मिर्मिरे कृषि सहकारी संस्था तथा बागलुङ जेसीजको संयोजनमा दिवश मनाइएको थियो । बागलुङ नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा आत्मनिर्भर बागलुङको अवधारणा अगाडि सारेको बताए । जग्गाधनी र कृषकलाइ जोडौं, जमिन बाँझो नछोडौ भन्ने नारा समेत ल्याएको उनको धारणा थियो ।

नीति तथा कार्यक्रममा कृषिलाई उद्यम र किसानलाई उद्यमी बनाउने, किसानलाई निशुल्क परामर्श सेवा, लगायतका कार्यक्रम पनि जोडिएको थियो । उक्त अबसरमा सहायक प्रजिअ चित्राङगत बरालले बेसाहा खाने प्रवृत्ति अन्त्य गर्न सकेमा देशको ठूलो अर्थतन्त्र जोगाउन सकिने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अध्यक्षता, मिर्मिरे सहकारी संस्थाका सचिव थानेश्वर सुवेदीको संचालन र बागलुङ नगरपालिका आर्थिक विकास समितिका संयोजक नारायण प्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, बागलुङ नगरपालिका कृषि शाखाका प्रमुख सुवास सापकोटा, मिर्मिरे सहकारी संस्थाका उपाध्यक्ष नारायणप्रसाद शर्मा लगायतले बोलेका थिए । रोपाइ महोत्सवमा स्थानीय किसान, कर्मचारी, सहकारी क्षेत्रका अगुवाले खेतमा हिलो खेल्दै रोपाई गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->