स्याङ्जा/ पुतलीबजार नगरपालिकाले सिस्नोको पनिर, कोदोको मःम बनाएर पर्दशन गरेको छ । रैथानेबाली सरक्षण गर्ने उदेश्यले नगरपालिकाले १० वडामा तालिम दिएर सोही बालिको सामाग्री बनाएर पर्दशन गरेको हो ।
नगर पालिकाले पनिर र मःमको साथै लोप हुदै गएको स्थानिय आलुको अचार, फापरको रोटी, कोदोको सेल, मार्सी खिर, गुन्द्रुक भट्मासको अचार कृषकलाई बनाउन लागएर पर्दशनी समेत गरेको हो ।
पालिकामा पर्दशनी गरेसगै सहभागी सबैलाई खुवाएर रैथानेबालीको स्वाद चखाएको प्रमुख प्रसासकिय अधिकृत हरिराम नागिलाले बताए । उनले पुराना रैथानेबालीलाई लोप हुने नदिन नगर पालिकामा उत्पादित बालिको प्रर्दशनी र मिस्ठान्न भोजन बनाएको बताए ।
हाइब्रिड बालिले पुराना बालि लोप हँुदै गएको बताउदै नगर प्रमुख तुलसीराम रेग्मीले बिउ बिजनको संरक्षण र उत्पादनमा नगरपालिकाले चासो दिने बताए । बाहिरबाट खाध्यान्न नआएमा कुनै बेला भोकै मर्नुपर्ने अवस्था आउने बताउदै रेग्मीले परम्परागत खेतीमा चासो दिन सबैलाई आग्रह गरे ।





