शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

किसानको बारीमै गोलभेंडाको ११५ रुपैयाँ

किसानको बारीमै गोलभेंडाको ११५ रुपैयाँ


  • हरिकृष्ण गौतम
  • भाद्र ३ २०८०, आइतबार

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–१, खानीगाउँका यामबहादुर बुढाथोकीले यसपटक अहिलेसम्मकै उच्च मुल्यमा गोलभेंडा बिक्री गरेका छन् । साउनको दोस्रो सातासम्म प्रति केजी ८० रुपैयाँमा बिक्री गरेका बुढाथोकीले साउनको अन्तिम साता किलोको एक सय १५ रुपैयाँ सम्म बिक्री गरेका हुन् । कृषि खेतीमा लागेपछि बुढाथोकीले गोलभेँडा अहिलेसम्मकै महँगोमा बिक्री गरेको बताए । यसपटक बजारमा गोलभेंडाको मुल्य आकासिएपछि म्याग्दीका किसानले समेत प्रतिकेजी १ सयभन्दा बढीमा ब्यापारीलाई बिक्री गर्ने गरेका छन् ।‘बजारको अभाव छैन, ब्यापारीहरुले नै खोसाखोस गर्छन’ कृषक बुढाथोकीले भने । उनका अनुसार म्याग्दीका कृषकले उत्पादन गरेको गोलभेँडा जिल्ला बाहिरसमेत खपत हुन थालेको बताए ।

आफ्नो कृषि फर्मबाट सिजनमा ७० क्विन्टलसम्म टमाटर उत्पादन गर्ने गरेका बुढाथोकीले ३ वटा आधुनिक ग्रिन हाउस, १२ वटा बासको टनेलमा उत्पादन गरी बेनीबजारका ब्यापारीलाई थोक मूल्यमा बिक्री गर्छन् । बर्खाले सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या हुदाँ केही महँगो भएको बताए । १ क्यारेटको १ सय रुपैयाँ ढुवानी खर्च लाग्ने उनले बताए । गएको बर्ष प्रति केजी ५० रुपैयाँसम्म बिक्री गर्ने गरेका म्याग्दीका किसानले यसपटक गोलभेंडामा दोब्बर मूल्य पाएको बताएका छन् । किसानले बारीमै राम्रो मूल्य पाएपछि ब्यापारी हुदै उपभोक्तासम्म पुग्दा प्रतिकेजी १ सय ५० रुपैयाँ मूल्य पुगेको छ ।

बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिका क्षेत्रका किसानले सदरमुकाम बेनीबजार र सहायक बजारहरुमा खपत गर्ने गरेका छन्। यसपटक एक कृषकले न्युनतम डेढ लाख देखि ७ लाख मूल्य बराबरको गोलभेँडा बिक्री गर्ने गरेका छन् । कृषि र पशुपालनमा आर्कषित भएको कुहुँ खानीगाउँका कृषकले यसपटक सिजनमा १५ लाखसम्मको गोलभेँडा बिक्री गर्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रले ग्रिन हाउसमा ५० प्रतिशत अनुदान सहित थप संरचना थपेर गोलभेँडा सहित तरकारी खेती गरेका कृषकले बेमौसमी उत्पादनमार्फत समेत राम्रो आम्दानी गर्ने गरेका छन् । यसपटक मेहनत गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य पाएकोमा किसान हर्षित छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->