शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सीमित व्यक्तिको पहुचमा सहकारी, नयाँलाई निषेध

सीमित व्यक्तिको पहुचमा सहकारी, नयाँलाई निषेध


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८०, मंगलबार

स्याङ्जा/ २१ वर्ष पहिला अर्जुन चौपारी गाउँपालिका १ मा स्थापना भएको एक सहरकारी सिमित व्यक्तिको स्वार्थमा संचालन भएको पाइएको छ ।

यहाँको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहरकारी लिमिटेडमा २ हजार ५३७ शेयर सदस्य रहे पनि सीमित व्यक्तिमात्र सचालन समितिमा रहँदै आएका छन् ।

एक तदर्थसहित सात पटक नेतृत्व परिवर्तन भएको ग्रामीण स्वावलम्बन सहकारी ऐन २०७४ अनुसार संचालन गरिएको भनिए पनि सहकारी सोही ऐन, प्रदेश सकारी ऐन २०७५ र पालिका सहकारी ऐन २०७४ विपरीत चलेको साधारण सदस्यको आरोप रहेको छ । सरकारी ऐनले ३३ प्रतिशत महिला सचालक समितिमा हुनुपर्ने भएकोमा आठौं पटकसम्म उनीहरुलाई एक प्रतिशतमात्र समेटिएको छ । प्रदेश तथा पालिका सहकारी ऐनमा एक जना शेयर सदस्य कुनै एक पदमा दुईपटक मात्र रहने व्यवस्था गरे पनि सीमित व्यक्तिको स्वार्थमा ऐन मिचेर पटकपटक एउटै व्यक्ति पदमा गएको पनि ती साधारण सदस्यले जिकिर गरे ।

उनले पालिका मातहतमा रहेर चल्ने सहकारी पालिकाकै ऐनलाई मिचेर अगाडि बढेको आरोप पनि लगाए ।
यो अर्जुन चौपारी गाउँपालिकाको सवैभन्दा ठूलो सहकारी हो । २०५९ मा तदर्थ समिति बनेर अगाडी बढेको सहकारीमा हालसम्म २४ जना मात्र संचालन समितिमा रहने अवसर पाएका छन् । ‘पालिकाको ऐन अनुसार चल्न दबाब दिएपछि गत र्कािर्तक ४ गत भएको सातौं अधिवेशनबाट भने ५ जना नयाँ सदस्यले संंचालक समितिमा आउने अवसर पाए,’उनले भने,‘सातौं अधिवेशनमा सहकारीमा आउने केही नयाँ सदस्यले ससुरा र श्रीमानलाई विस्थापित गरेका हुन् । समितिमा रहेका १० जना पाँचदेखि आठांै पटकसम्म दोहोरिएर संचालक समितिमा नेतृत्व गरेका छन् ।

सहकारी ऐनमा सरकारी कर्मचारी सहकारीको संचालन समितिमा रहन नपाउने भएपनि सरकारी कर्मचारीको पटकपटक हालीमुहाली रहेको छ । नयाँ कार्यसमितिमा आउन चाहनेलाई विभिन्न उपसमिति,त्यसको सचिव र अध्यक्ष चाहिने बहानामा रोकिएको तथा एउटै व्यक्ति हावी भएपछि केही सदस्यले शेयर फिर्ता लिएको पनि स्रोतले बतायो ।

सहकारीका वर्तमान अध्यक्ष बोधनारायण रेग्मीले चाहिँ सहकारी ऐन २०७४ ले पटकपटक समितिमा रहन नरोकेको जिकिर गरे । सहकारीमा एक करोड ५२ लाख चुक्ता पूँजी रहेको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->