बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राजमोले संगठनात्मक अभियान चलाउने

राजमोले संगठनात्मक अभियान चलाउने


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८०, आइतबार

बागलुङ/ राष्ट्रिय जनमोर्चाले एक महिने संगठनात्मक अभियान संचालन गर्ने भएको छ । आगामी असोज ५ गतेदेखि २७ गतेसम्म ८५ वटै वडामा विशेष संगठनात्मक अभियान संचालन गर्ने अध्यक्ष तिलक थापाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा थापाले दशै तिहारको सन्दर्भमा वडाहरुले वर्तमान राजनीतिक परिस्थिति र यसले पारेको प्रभाव, बढ्दै गएको बैदेशिक हस्तक्षेप, लोकतान्त्रिक प्रणाली माथी हुने हस्तक्षेप लगायतमा छलफल र अन्तरक्रियासहितको शुभकामना कार्यक्रम गर्ने पनि निर्णय गरेको हो ।
भदौ मसान्तभित्र पालिका तथा वडा समितिको बैठक सम्पन्न गर्ने, भदौ महिनाभर सबै जनवर्गिय संगठनको जिल्ला सम्मेलन, भेला र बैठक गर्ने बताइएको छ ।

गत फागुनमा भएको जिल्ला सम्मेलनबाट अध्यक्ष बनेका राजेन्द्र ढुंगानाको राजिनामा पनि स्वीकृत गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । ढुंगाना केन्द्रीय सदस्य रहेकोले जिल्ला अध्यक्ष बस्न नसक्ने जानकारी पार्टीलाई गराएकोले जिम्मेवारी हेरफेर गरिएको पूर्व अध्यक्ष अमर थापाले जानकारी गराए ।

जिल्लाका निर्माण क्षेत्रमा भएका ढिलासुस्ती, निर्माण कम्पनीको लापरबाही, अनियमितता,भ्रष्टाचार, कालोबजारी तथा इमेज र शिवशिखर सहकारी संस्थाले गरेका अरबौंको रकम ठगी बिषयमा पनि खबरदारी, ध्यानाकर्षण र संघर्ष गर्ने निर्णय भएको बताइएको छ । कार्यक्रम अध्यक्ष तिलक थापाको अध्यक्षता र सचिव भीमलाल पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->