शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अस्पताल र स्वास्थ्यकर्मीका समस्याबारे सरकारको ध्यानाकर्षण

अस्पताल र स्वास्थ्यकर्मीका समस्याबारे सरकारको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८०, बिहिबार

बागलुङ, २१ भदौ– धौलागिरि अस्पताल व्यवस्थापन समितिले निर्माणाधिन अस्पतालको भवन हस्तान्तरण नहुँदा उपचार सेवा प्रभावित भएको बताएको छ । साथै समितिले पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापामार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
ठेकेदारले हस्तान्तरण नगर्दा अस्पतालको भवन संचालनमा आउन नसकेको समितिको गुनासो छ । अस्पताललाई दुइसय शैयाको बनाउने सरकारी निर्णय अझै पालना गर्न कठिन भएको भन्दै आवस्कय उपकरण र दरबन्दी व्यवस्थापनका लागि सरकारसँग पहल गरिदिन आग्रह गरिएको हो । समितिको सदस्य सचिवको नाताले मेडिकल सुपरिटेण्डेन्ट रवि रञ्जन प्रधान र समितिकी सदस्य लक्ष्मीदेवी जिसीले थापाको ध्यानाकर्षण गरेका हुन् ।
थापामार्फत स्वास्थ्यकर्मीलेपनि आफ्नो माग पत्र पेश गरेका छन् । सरकारले ल्याउन लागेको निजामती ऐनमा स्वास्थ्य सेवा ऐन पनि मिसाउन खोजिएको भन्दै फरक फरक व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरुले तोकिएको समय पुगेपछि प्रदेशका स्वास्थ्यकर्मीले पनि संघमा जान पाउनुपर्ने माग गरेका थिए ।
गुनासो सुनिसकेपछि थापाले निजामती र स्वास्थ्यकर्मीको क्षेत्र फरक भएकोले ऐनमा फरक फरक सम्बोधन गर्नुपर्ने र तोकिएको समय वा जिम्मेवारीमा पुगेको व्यक्ति सरुवा हुन पाउने र संघ पनि रोज्न पाउने व्यवस्था गर्न पहल गर्ने बताए ।
अस्पताललाई व्यवस्थित बनाएर २ सय शैया संचलान गर्न, अस्पतालमा डायलाएसिस मेसिन थप गर्न र अरु उपकरणको व्यवस्थापनमा पनि पहल गर्ने बताए । ९ महिना मात्रै स्वास्थ्य मन्त्री भउपनि थापाले स्वास्थ्य बीमा लगायतका योजना ल्याएका थिए । उनले अहिले पनि स्वास्थ्य क्षेत्रको चासो राखेर संसदमा पटक पटक आबाज उठाउने, स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्न अघि तम्सिने गरेका छन् । स्वास्थ्य बीमालाईपनि थप व्यवस्थित बनाउनुपर्ने थापाको भनाइ थियो ।
उनले जे उद्देश्यले बीमा कार्यक्रम ल्याएको हो त्यो अनुसार भैनसकेकोले हरेक नागरिक बीमामा जानुपर्ने र सक्नेले नसक्नेको उपचार सेवामा साथ दिनुपर्ने धारणा राखेका छन् । डिमाण्ड र सप्लाई पक्षको तारतम्यता मिल्दा बीमा कार्यक्रम सफल हुने थापाले बताए । थापालाई बुधवार स्वास्थ्यकर्मीले धौलागिरि अस्पतालमा स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->