स्याङ्जा/ पोखरा एयरपोर्ड पछाडी गण्डकीकै सबैभन्दा ठूलो अर्जुन चौपारी, १ बजारमा निर्माण गरिएको हेलीप्याडमा हेलिकोप्टर सफल परीक्षण गरिएको छ ।
नेपाल आर्मी र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक अवतरण गरिएको छ ।
जिल्लाभित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पु¥याउने हेतुले आर्मीसगँ सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको हो ।
नेपाल आर्मीका कर्णेल रचन श्रेष्ठको नेतृत्वमा काठमाडौबाट आएको तीन जनाको टोलीले हेलिकोप्टर सफल परीक्षण गरेको हो । पुतलीबजार हँुदै आएको हेलिकोप्टरले गाउँपालिकाका सबै क्षेत्रमा परिक्षण गर्दै चार पटक अवतरण गरेको थियो । हेलिकोप्टरको सफल परीक्षण पश्चात कर्णेण श्रेष्ठले हेलिप्याड राम्रो र उपयुक्त ठाउँमा बनेको बताए । हेलिप्याडको पश्चिम तर्फ रहेको पहाडले थोरै समस्या रहनेपनि एमआई १७ समेत अवतरण गर्न कुनै समस्या नहुने बताए ।
हेलिप्याड निर्माणमा प्राविधिक डिजाइन र श्रम सहयोग समरदल गुल्मको हो भने गाउँपालिकाले आवश्यक सामग्रीको आपूर्ति गरेको थियो । हेलिप्याड नेपाल आर्मीका क्याप्टेन धनबहादुर तामाङको नेतृत्वमा एक महिनासम्म दैनिक २० जनाको श्रमद्धान गरिएको थियो । हेलिप्याड ६०/६० फिट लम्बाइ र चौडाइको रहेको र बाहिरी जिल्लामा रहेकामध्ये सबै भन्दा ठूलो हो ।
पालिका अधयक्ष प्रकाश तिवारीले हेलिप्याड निर्माण सफल भएको र परीक्षणसमेत भएको बताउँदै जोखिमका बेला हेलिप्याडको सही सदुपयोग हुने बताए ।हेलिप्याडमा हेलिकोप्टर सफल परीक्षण गरेका कर्णेल श्रेष्ठ सहितको टोलीलाई स्थानीय आमा समूहले फूलमाला र अबिरले स्वागत गरेका िथिए ।





