शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बलात्कार आरोपमा स्याङ्जाका दुई युवा पक्राउ

बलात्कार आरोपमा स्याङ्जाका दुई युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८०, शनिबार

स्याङ्जा / बौद्धिक अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा स्याङ्जा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-८ डाँडास्वारा बस्ने २५ वर्षीय सुवास गुरूङ र २७ वर्षीय मदन गुरूङ रहेका छन् ।

उनीहरुले घरमै बसिरहेको अवस्थामा युवतीलाई सामूहिक बलात्कार गरेको लागेको छ । प्रहरीका अनुसार घटना भदौ २० गते दिउँसो ३ बजेतिरको हो । पीडितले शुक्रबार सामूहिक बलात्कार भएको प्रहरीकोमा उजुरी दिएकी थिइन् ।

दुवै जनालाई शुक्रबार नै पक्राउ गरी जिल्ला अदालतमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->