पोखरा/नेपाल सरकाले शिक्षा दिवसको अवसरमा स्याङ्जाका दुई विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गर्ने भएको छ । पुतलीबजार नगरपालिका १३ झापाकोटको कालिका माविका अध्यक्ष मीनप्रसाद कोइराला र काजीमान हरिटीकाका अध्यक्ष अनुप श्रेष्ठ सम्मानित भएका ह्ुन् । गण्डकी प्रदेशबाट तीन जना विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित स्याङ्जाका दुईजना सम्मानित भएका हुन् । विद्यालयका शैक्षिक विकासमा महत्वपुर्ण योगदान गरेको आधारमा शिक्षा दिवसमा पुरस्कृत हुन लागेका हुन् ।
कालिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले विद्यालयमा भौतिक सुधार, शैक्षिक गुणस्तर कायम गरेका छन् । पहिलोपटक २०६६ देखि २०७० अध्यक्ष बनेका कोइराला पहिलोपटक बनेको १४ वर्ष पश्चात दोस्रोपटक अध्यक्ष भएका हु्न् । विद्यालयमा विद्यार्थीलाई अडियो भिजुअल प्रविधिमार्फत् कक्षा संचालन गराउन उनको योगदान छ । कोइरालाले साउन्ड सिस्टम÷इन्टरनेट जडान÷कक्षामा सिसि क्यामेरामार्फत् शैक्षिक गतिविधिको अनुगमन÷विद्यालयमा कम्प्युटर ल्याबमार्फत् शैक्षिक सुधारमा रचनात्मक भुमिका खेल्नुका साथै विद्यालय भित्रै स्तरीय चमेना गृह÷स्टेसनरीको व्यवस्था पनि गराएका छन् । कोइराला स्याङ्जा जिल्ला सहकारी संघको सचिव र सुन्तला खेती कृषक पनि हुन् ।
यस्तै सम्मानित हुन लागेका अनुप श्रेष्ठले अध्यक्ष बनेसँगै बिद्यालयमा आमूल परिवर्तन गरेका छन् । विद्यार्थीको अभावमा अर्को विद्यालयसँग मर्च हुने अवस्थामा पुगेको विद्यालयलाई श्रेष्ठले अध्यक्ष भएसँगै बचाएका छन् । उनकै प्रयासबाट ६५ बाट बढेर अहिले विद्यालयमा २२७ विद्यार्थी रहेको छन् । विद्यालयमा श्रेष्ठले टिचर रुमको अवधारणा अनुसार पठन पाठन सुरु गराएका छन् भने हरेक दिन म्युजिक, डान्स, एक्टिङ, आर्ट साइन्स र टेक्नोलोजीका अतिरिक्त कक्षा पनि संचालनमा ल्याएका छन् ।
अभिभावकले घरमै मोबाइलबाट आफ्नो नानी बाबुले के गरेका छन् हेर्न मिल्ने व्यवस्था, हरेक महिना शिक्षकलाई उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्ने प्रचलन श्रेष्ठले सुरु गराएका छन् । विद्यालयमा बसको व्यवस्थामा पनि उनको योगदान छ । उनी पेशाले इञ्जिनियर हुन् । दुई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरस्कृत हुँदा भाग्योदय माविका शिक्षक भेषराज रेग्मीसमेत पुरस्कृत भएका छन् छन् । यस्तै





