पोखरा/ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले न्यूयोर्कको रोचेस्टरमा आफ्नो बार्षिक ईन्ट्रा कप २०२३, सक्कर (फुटबल) र भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (पूरुष) तर्फको विजेता टिमाई स्क्वाडले १५ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेको छ भने । महिलातर्फको विजेता साइनिङ स्टार्सले १० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । भेट्रानको उपाधि लगातार दोस्रो वर्ष पनि सिन्सी ईन्ट्रा एफसीले जितेको छ ।
सिन्सी ईन्ट्राले यो जितसंगै १० हजार अमेरिकी डलर, नगद पुरस्कार हात पा¥यो । तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (महिला)को उपाधि बेलमोन्टले जितेको छ । उसले ८ हजार अमेरिकी डलर नगद, हात पारेको छ । पुरुषतर्फको उपाधि रुकुम एले जितेको छ । रुकुमले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेको आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।
उनले खेलकुदमा सहभागिता प्रबद्र्धन गर्दै समुदाय माझ खेल भावना बढाउनु प्रतियोगिताको उद्देश्य भएको बताए । खेलको माध्यमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाँध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रवद्र्धन समेत कार्यक्रमको उद्देश्य भएको उनको भनाइ थियो । ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका नेपालीहरुलाई एकतावद्ध गराउने र उनीहरुकै हितको लागि काम गर्ने संस्था हो ।





