स्याङ्जा/ कालीगण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाई बहुउद्धेश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ ।
स्थानीय आशिष न्यौपानले सञ्चालन गरेकोे फार्ममा दानापानी दिन जाँदा कालिज मरेका भेटिएका हुन् ।
न्यौपानेको कालिज फार्ममा २२० कालिज रहेकामा १९० वटालाई चितुवाले मारेको हो । वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताएका न्यौपानेलेको डेढ बर्षबाट कालिज पाल्न थालेका थिए ।
बेच्न र फूल पार्न ठीक्क परेका करिब साढे चार लाख बराबरको कालिज चितुवाले मारिदिएको हो । चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाढेर मारेको भेटिएको न्यौपानेले बताए ।
बिहान फार्ममा कालिजलाई दाना खुवाउन श्रीमती सहित पुगेका न्यौपानेले कालिज मरेका र घाइते कालिज देखेको र नजिकै झाडीमा चिुवाको पछाडीको भाग देखेपछि ज्यान बचाउन भागेको जानकारी थिए । चार रोपनी क्षेत्रफलमा फैलिएको न्यौपानले फार्ममा हालसम्म १७ लाख रुपियाँ लगानी गरेका छन् । यहाँ कालिज एक गोटाको दुई हजार पाँच सय र अण्डा ५० देखि एक सय रुपियाँमा बिक्री हुँदै आएको थियो ।





