शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुतलीबजारमा थपियो नयाँ पर्यकटीय गन्तब्य, बहाकोट कालिका मन्दिरको उद्घाटन

पुतलीबजारमा थपियो नयाँ पर्यकटीय गन्तब्य, बहाकोट कालिका मन्दिरको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८०, शुक्रबार

पोखरा / स्याङजाको पुतलिबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ ।

बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसंगै मन्दिरको जिर्णेद्धारा संगै मन्दिरमा ढलोटको मूर्ति समेत स्थापना गरिएको हो ।

मन्दिरको उद्घाटन गर्दै पुतलिबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहांसिक बहाकोट कालिका मन्दिर पुननिर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने बताए । रेग्मीले मन्दिर सम्म आउने सडकको अवस्था अझैपनि दयनिय रहेको बताउदै उक्त सडक निर्माणमा नगरपाकिाले सहयोग गर्ने र संघ र प्रदेश सरकार संग समेत समन्वय गरी सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए । ऐतिहासिक एवं धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्न होमस्टे सञ्चालन गर्न समेत बहाकोट बासीलाई उनले आग्रह गरे ।
त्यस्तै अधिवक्ता विश्वराज मरासिनीले बहाकोट बासी दाजुभाइले पहलकदमी थालेर स्वदेश तथा विदेशमा रहेका जनसमुदायको सहयोगबाट मन्दिर निर्माण हुनु बहाकोट बासीको गौरवको विषय भएको र स्याङजा जिल्लामा नयाँ धार्मिक पर्यटकीय गन्तब्य थपिएको बताए । बहाकोट कालिकाले बहाकोट आसपासको पर्यटकीय गतिविधीलाई टेवा पुर्‍याएको बताउदै बहाकोट कालिकाको मन्दिर संरक्षणमा समेत सम्पूर्ण बहाकोटबासी जुट्नुपर्नेमा जोड दिए ।
पुतलिबजार नगरपालिका वडा नम्बर ८ का अध्यक्ष इम बहादुर सेनले सहयोगी हातबाट करोडौको लगानी गर्न सफल भएको बताउदै सहयोगी मनकै कारण बहाकोट कोटकालिका मन्दिर स्थापना भएको बताए । सहयोग गर्नेहरुलाई धन्यवाद ब्यक्त गर्दै वडाअध्यक्ष शाहीले आगामी दिनमा मन्दिर जाने बाटो आफ्ठेरो रहेको बताउदै सडक निर्माणका लागी र बहाकोटमा थ्री फेस लाइन जडानका लागीसमेत पहलकदमी थाल्ने बताए ।

बहाकोट संग मिलिनियम ट्रेक कोल्मा, कैलाश गुफा र भारकोट स्तुपालाइ जोडेर पर्यटन प्रवद्र्धन संगै आर्थिक बिकासमा अगाडि बढ्ने सकिने उनको भनाइ रहेको थियो ।
मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडी सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई बहाकोट रहन गएको किंवदन्ती रहेको बताए ।

सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको र आगामी दिनमा बाघ काटेको मूर्ति समेत बनाउने आफुहरुको योजना रहेको बताए । पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको सहयोगमा संकलित एक करोड एक लाख ३५ हजार ८ सय ८ रुपैया लागतमा बहाकोट कोट कालिका मन्दिर निर्माण सम्पन्न गरिएको आर्थिक संकलन संयोजक इन्द्र बहादुर थापाले बताए । मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजापाठ हुने साथै बडादसैको नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->