
स्याङ्जा /डेंगीको संक्रमण बढेकै बेला गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले जिल्ला अस्पताल स्याङ्जाको निरीक्षण गरेकी छन् । स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्मासहित शुक्रबार अस्पताल पुगेकी उनले बिरामीको गुनासो पनि सुनिन् ।
मन्त्री सिम्खडाले हेमोडाइलासीससहितका कक्षमा निरीक्षण गर्दै बिरामीको अवस्थाको बारेमा सोधपुछ गरेकी हुन् ।
सो अवसरमा उनलेअस्पताल ब्यवस्थापन समिति, मेडीकल सुपरीटेण्डेण्ट र कर्मचारीसँग अस्पतालको अवस्थाबारे जानकारी पनि लिइन् । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले अस्पतालमा भौतिक पूर्वाधारको समस्या रहेको बताए । अस्तालमा दरबन्दी अनुसारका कर्मचारी नरहेको बताउँदै उनले मेसु पाउनै १० महिना लागेको सुनाए । दरबन्दीमा रहेका डाक्टर अध्यनमा जाँदा समस्या परेको उनको भनाइ थियो । २५ बेडको अस्ततालमा २५ जनाकै कर्मचारी दरबन्दी रहे पनि २ जना डाक्टर, ११ जना कर्मचारी र २ जना नर्सको पद रिक्त रहेको उनले बताए । रक्त संचार केन्द्र, हेलिप्याडको ब्यवस्थान गरिदिन आग्रह गर्दै गोदारले जिल्ला अस्पतालाई ५० बेडको बनाउने पुरानो निर्णय कार्यान्यन गरि दिन आग्रह गर्नु भएको थियो ।
मन्त्री सिम्खडाले नागरिककले निशुल्क स्वास्थ्य सेवा पाउने अधिकार भएको बताउँदै जनताको स्वास्थ्यको लागि कुनै कन्जुस्याइँ नगर्ने बताइन् । प्रदेश सरकारले गर्न सक्ने काम तत्काल प्रदेशले गर्ने र बाँकी रहेका संघसँग समन्वय गरेर पूरा गर्ने उनको भनाइ थियो । उनले जिल्ला अस्पतालको सेवा बिहान ७ बजेबाट बेलुका ८ बजेसम्म दिने व्यवस्था गरिने जानकारी दिइन् । यस्तै मन्त्री सिम्खडाले जिल्ला आर्युर्वेद अस्ताल, जिल्ला स्वास्थ्य कार्यालय,सामाजिक विकास कार्यालयको पनि निरीक्षण गरेकी थिइन् ।





