शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्गजाली तमुु समाजको रजत जयन्ती

स्याङ्गजाली तमुु समाजको रजत जयन्ती


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८०, बुधबार

स्याङ्गजा /जिल्लाको विभिन्न ठाउबाट पोखरा महानगरपालिका वडा नं २६मा वसोवास गर्दै आएका तमुहरुको साझा सस्था तमु प्ये ल्हु स्याङ्गजाली तमुु समाजले विविध कार्यक्रमका साथ आफनो रजत जयन्ती मनाएको छ ।

२०५६ सालमा स्थापना भएको सस्थाले सफलता पुर्वक २५ औं वर्ष पुरा गरेको अवसरमा मंगलबार समाजका सम्पुर्ण सदस्यहरुको उपस्थितीमा रजत जयन्ती समारोह मनाएको हो ।
कार्यक्रममा बोल्दै समाजका सस्थापक अध्यक्ष क्या.चेतबहादुर आफनो धर्म सस्कृती र भेषभुुषाको संरक्षण गर्दै भावी पुुस्तालाई सस्कृतिका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए ।

सस्थाका पूर्वअध्यक्ष क्या. डिकबहादुुर तुमले आफनो पुख्र्यौली थलो स्थाङजाबाट पोखरा २६ मा बसोबास गर्दै आएका एक सय २८ घर परिवारका दाजुुभाईहरुका बीचमा भाईचाराको सम्वन्ध विस्तार गर्दै एक आपसमा सहयोगका भावनाले अगाडी वढ्न आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानिय गुुदेताल मत्स्य पालन सहकारी सस्थाका अध्यक्ष बामदेव ढुुगाना,नवदीप बोडिङ स्कुलकी प्रिन्सिपल कौशीला तमुस्यो,गोर्खाली रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङलयायतले पहिलाका पुस्तालाई सम्मान र आउने पुस्तालाई अवसर दिनु पर्ने सुुझाव राखेक थिए ।

समाजका अध्यक्ष लेप्टेन नेमबहादुर तमुुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव क्या.बिलबहादुर तुमले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रेनु तमुले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->