सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘बागलुङ कप’ टि-२० क्रिकेट: कास्की र नवलपुर फाइनलमा प्रवेश

‘बागलुङ कप’ टि-२० क्रिकेट: कास्की र नवलपुर फाइनलमा प्रवेश


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८०, शुक्रबार

बागलुङ / बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टि-२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि कास्की र नवलपुर भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा कास्की र नवलपुरले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा ९३ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । कास्कीको लागि विपिन खत्रीले २५ रन र किरण पौडेलले १५ रन बनाए । स्याङ्जाको लागि सन्दिप खत्रीले २ विकेट लिए ।

टस जितेर पहिले व्याटिङ गरेको स्याङ्जा १९ ओभरमा ९२ रनमा अलआउट भएको थियो । स्याङ्जाको लागि सुजन गौतमले २५ र अंकित न्यौपानेले २२ रन बनाए । कास्कीको लागि कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए ।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा नवलपुरले पर्वतलाई १० विकेटले पराजित गर्यो । ४१ रनको सामान्य लक्ष्य पछ्याएको नवलपुरले ४.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । नवलपुरको लागि रविन शर्माले १६ र गोविन्द विकले १३ रन बनाए ।

टस जितेर पहिले व्याटिङ रोजेको पर्वतले १३ दशमलब २ ओभरमा ४० रनमा अलआउट भएको थियो । पर्वतको लागि विनोद नेपालीले १४ रन बनाए । नवलपुरको लागि कुमार रानाले ४ विकेट लिए । बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->