बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रेरक प्रसंग : प्रोत्साहनको महत्व

प्रेरक प्रसंग : प्रोत्साहनको महत्व


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८०, आइतबार

धेरै समयअघिको कुरा हो, १९औँ शताब्दीका चर्चित चित्रकार दाँते गेब्रियल रोजेटीसामु एक अधबैँसे मानिस पुगे । ती अधबैँसेका साथमा केही स्केच र चित्र थिए । उनी ती स्केच र चित्र रोजेटीलाई देखाएर त्यसबारे उनको सुझाव लिन चाहन्थे । उनी ती चित्र राम्रा छन् कि छैनन् र चित्रकारमा कुनै क्षमता छ कि छैन भनेर जान्न चाहन्थे । 

रोजेटीले ध्यापूर्वक ती स्केच र चित्र हेरे । हेर्नासाथ उनले ती चित्र कुनै कामका छैनन् भन्ने बुझे । साथै, त्यस्ता रद्दी चित्र बनाउने व्यक्तिमा कलाकारिताको कुनै सम्भावना छैन भन्ने पनि उनलाई थाहा भयो । रोजेटी ती अधबैँसेलाई दुःखी बनाउन पनि चाहँदैनथे र झुटो तारिफ गरेर उसलाई खुसी पार्न पनि सक्दैनथे ।

त्यसैले, उनले बडो भद्रतापूर्वक भने- यी चित्रमा खास कुरा केही छैन । यी चित्र बेकामे छन् । ती अधबैँसेले सायद उनले पहिले नै यस्तै जवाफको अपेक्षा गरिसकेका थिए । त्यसैले, उनी त्यति धेरै निराश भएनन् ।

नले रोजेटीसँग उनको महत्वपूर्ण समय बर्बाद गरेकोमा क्षमा मागे । उनले फेरि पनि एक विद्यार्थीले बनाएका थप केही चित्र हेरिदिन र तिनमा कुनै सम्भावना छ कि छैन भनेर सुझाव दिन अनुरोध गरे । रोजेटी तत्काल त्यसका लागि तयार भए र उनी एउटा पुराना फाइलमा भएका चित्र हेर्न थाले ।

रोजेटीले खुसी प्रकट गर्दै भने- आहा ! यी चित्र त बडो सुन्दर छन् । यी विद्यार्थीमा निकै राम्रो क्षमता छ । यिनलाई सम्भव भएसम्मको प्रोत्साहन दिनुहोस् । यदि यो विद्यार्थीले लगातार यसैगरी मन लगाएर चित्र सिर्जना गर्दै गयो भने ऊ एक दिन एक महान् चित्रकार बन्ने निश्चित छ । रोजेटीको कुरा सुनेर ती अधबैँसेका आँखा आँसुले भरिए । रोजेटीले प्रश्न गरे- यी विद्यार्थी को हुन् ? तपाईंका छोरा हुन् कि ? उनले जवाफ दिए- होइन, यो म नै हुँ । ३० वर्षअघि तपाईंले झैँ मलाई कसैले प्रोत्साहित गरेको भए आज यसरी पछुताउनुको साटो म एक सुखी जिन्दगी बाँचिरहेको हुने थिएँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->