सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रदेश खेलकुद परिषद्ले माग्यो रंगशालाभित्र भाडामा रहेका फर्मको सम्झौतापत्र

प्रदेश खेलकुद परिषद्ले माग्यो रंगशालाभित्र भाडामा रहेका फर्मको सम्झौतापत्र


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८०, बिहिबार

पोखरा / गण्डकी प्रदेश खेलकुद परिषद्ले (प्रखेप) पोखरा रंगशालाभित्र भाडा लिइ प्रयोग गर्दै आएका फर्महरुको सम्झौता पेश गर्न पत्राचार गरेको छ । प्रखेपले बुधबार पत्राचार गर्दै सात दिनभित्र सम्झौता प्रतिलिपीसहित प्रमाण पेश गर्न भनेको छ ।

पोखरा रंगशालाभित्रको जग्गा तथा संरचना लामो समयदेखि भाडामा लिए पनि त्यसको अख्तियारी के कसो हो भनी प्रखेपले जिल्ला खेलकुद विकास समितिलाई तत्कालै जवाफ मागेको हो । प्रखेपले चमेनागृह, ओम बुद्ध नर्सरी, वुल्समेन क्लब, रसुवा कन्स्ट्रक्सन् प्रालि र नेपाल फिजिकल एसोसिशन पोखरा र पोखरा रंगशालाबीच भएको सम्झौता र भाडाको प्रमाण पेश गर्न भनेको छ ।

पोखरा रंगशालाभित्र भाडामा के कसरी संचालन भएको भन्ने जानकारी प्रखेपसँग नभएको र आधिकारिक के हो भन्ने विषयमा बुझ्नका लागि भाडा सम्झौताको विवरण उल्लेख गर्न भनिएको बताए । ‘यहाँ भाडाबारेमा पनि धेरै कुरा आएका छन् । हामीले त्यसको छानविन गर्नका लागि पनि यस्तो कदम चालेका हौं । वास्तविकता के हो सम्झौताको प्रमाण आएपछि थाहा हुनेछ,’ शर्माले भने, ‘एका दुईले लामो समयदेखी भाडा दिएको छैन भन्ने पनि सुन्नामा आएको छ ।’

सम्झौता अनुरुप नभएमा सात दिन पश्चात कारवाहि गर्ने उनले बताए । संचालित फर्महरु कानुन विपरीत भए हटाउने शर्माले सुनाए । खेलकुद विकास ऐनअन्तर्गत प्रदेशको अधिकार प्रयोग गर्दै काम गरिरहेको उनले बताए ।

यस्तै प्रदेशले उक्त पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय कास्कीलाई लेखेको छ । पत्रमा भनिएको छ, ‘यस परिषदको भौगोलिक कार्य क्षेत्रभित्र पर्ने पोखरा रंगशालाको हाताको भौतिक संरचना (भवन, ट्रष्ट, जग्गा आदि) मा तपाई÷त्यस फर्मले प्रयोगमा लिई क्यान्टिन÷जिम÷नर्सरी÷ट्रेनिङ कार्य, निर्माण सामाग्री राख्ने कार्य समेत संचालन गरी रहेको बुझिन आएकोले यदि प्रयोग गरिएको हो भने के कसरी प्रयोग गरी रहनु भएको हो ? तपसिलको विवरण यस पत्र प्राप्त मितिले सात दिन भित्र विवरण पुष्टि हुने कागजातको प्रतिलिपि सहित जानकारी गराउनुहुन अनुरोध छ ।’ पोखरा रंगशालामा संचालित नेपाल फिजिकल एसोसिशन, वुल्समेनले भाडा दिएका छैनन् ।

वुल्स मेन क्लब नियम विपरित रहेको छ । बुल्स जिमलाई २०७१ मा पाँच वर्ष प्रयोग गर्न पाउने भनी सम्झौता गरेको थियो । २०७६ मा १० वर्षका लागि बुल्समेनलाई हल भाडामा दिएको हो । पोखराका उत्तम उदासले २०६५÷६०६ मा बुल्स जिम सञ्चालन गरेका थिए । दत्त परिवारसँगको सम्झौता सकिएपछि २०७१ मा सुमन देवकोटा अध्यक्ष रहेको समितिले पाँच वर्षका लागि मासिक ११ हजार भाडा लिने गरी उदासलाई भवन भाडामा दिएको थियो ।

२०७९ फाल्गुण १ गतेदेखि २ वर्षका रसुवा कन्स्ट्रक्सन कम्पनी प्रा. लि. लाई राष्ट्रिय खेलकुद परिषद्ले जग्गा प्रयोगको स्विकृत दिएको यस अघि क्षेत्रीय खेलकुद विकास समितिसँग माग गरिएको सूचनामा उल्लेख छ । आव २०७९÷०८० मा पोखरा रंगशालाबाट १७ लाख १३ हजार एक सय १० रुपैयाँ आम्दानी तथा १६ लाख एक हजार एक सय ८३ रुपैयाँ खर्च भएको सूचनामा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->