बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आयुर्वेद सेवा विस्तारका लागि जैमिनीमा महिला स्वयमसेविकालाई अभिमुखीकरण

आयुर्वेद सेवा विस्तारका लागि जैमिनीमा महिला स्वयमसेविकालाई अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८०, बिहिबार

बागलुङ / धौलागिरी आयुर्वेद औषधालय बागलुङले जैमिनी नगरपालिकाका महिला स्वयमसेविका लागि आयुर्वेद सेवा समबन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । औषधालयले जैमिनी नगरपालिकाको संयोजनमा नगरपालिकाका वडा नं. १, २, ४ र ५ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक दिने आयुर्वेद सेवा सम्बन्धि अभिमुखीकरण विहिवार समपन्न गरेको हो ।

कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा। शरद पन्थीले आयुर्वेद कार्यक्रम, आयुर्वेद कार्यालयरऔषधालयबाट प्रबाह हुने सेवाहरु र योग, प्राणायाम र आयुर्वेद सम्बन्धि तीन कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा धौलागिरी आयुर्वेद औषधालयका बरिष्ठ कविराज निरीक्षक डा. कमल बिक्रम पौडेलले आयुर्वेद र जडिबुटी एबम हाम्रो भान्छा र वरिपरी रहेका जडिबुटीको प्रयोग र महत्व समबन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै जैमिनी नगरपालिका सामाजिक बिकास समिति संयोजक बिष्णु प्रसाद आचार्यले आयुर्बेद सेवा बिस्तार गरेर सबै जनतालाई समान अवसर सहित उपभोग गर्ने र स्वास्थ्य उपचार गराउने विषयमा ध्यानदिनुपर्ने वताए । उनले यसको आवश्यकताका वारेमा जनचेतना आवश्यक रहेको वताउदै नगरपालिकाले सक्दो प्रयास गर्ने र व्यवस्थित सेवा प्रवाहको लागि आवश्यक पहल गर्ने बताए ।

कार्यक्रममा डा। लक्ष्मीप्रसाद शर्माले कार्यक्रमले आयुर्बेद सेवामा जनताको पहुँच बढाउन स्वयंसेविकालाई अभिमुखीकरण गर्नुपर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको वताए । जनस्वास्थ्य निरीक्षक तिर्थ पौडेलले आयुर्बेद सेवाको बारेमा समाजमा सहि सूचना प्रबाह गर्न स्वयंसेविकाहरुमा जिम्मेवारी थपिएको बताए ।

कार्यक्रममा सहभागी स्वयंसेविका सिता नेपालीले कार्यक्रम निकै प्रभावकारी भएको र आफुले बुझेको सबै बिषय समाजमा आवश्यकता अनुसार जानकारी गराँउदै आयुर्वेद सम्बन्धि सचतेना बढाउदै जाने प्रतिवद्धता ब्यक्त गरिन् । सहभागी खिमकला रानाले आयुर्बेद सम्बन्धि धेरै ज्ञान र सेवा सम्वन्धी जानकारी पाएको बताउदै समाज पून आयुर्वेद चिकित्सातिर फर्कदै गरेको वताईन ।

कार्यक्रममा स्वयंसेविकाहरुलाई आयुर्बेद सेवा सहित आयुर्बेद र यसको बारेमा रहेका भ्रम र यथार्थ बताउदै आयुर्वेद औषधीको प्रयोग पनि पूर्णरुपमा चिकित्सकर स्वास्थ्यकर्मी बाट स्वास्थ्य परिक्षण गराई परामर्शमा मात्र सेवन गर्नुपर्ने कुरामा बिशेष जोड दिइएको थियो ।

सो अवसरमा धौलागिरी आयुर्बेद औषधालयबाट प्रदान गरिने दैनिक ओ।पी।डी।सेवा, पंचकर्म रपुर्वकर्म सेवा, प्रयोगशाला सेवा, क्षार सुत्र बिधिबाट पाइल्स फिस्टुला फिसर सम्बन्धि उपचार अपरेसन सेवा, नसा तथा बाथ र हाडजोर्नी सम्बन्धि समस्याको लागि थेरापी सहित अकुपन्चर चिकित्सा सेवा र तोकिएका औषधीको निःशुल्क वितरणका वारेमा समेत जानकारी गराइएको थियो ।

अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका ४ वडाका ३२ जना स्वयंसेविकाहरुको सहभागिता रहेको औषधालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->