शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लागुऔषधविरुद्धको अभियानमा जीवनबाटिका

लागुऔषधविरुद्धको अभियानमा जीवनबाटिका


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८०, मंगलबार

स्याङ्जा /स्याङ्जाका युवाहरु लागुऔषधको कुलतमा फसिरहँदा केही युवाहरु भने लागुऔषधविरुद्धको अभियानमा जोडिएका छन् ।

युवाले जीवनबाटिका नेपाल नामक संस्थामार्फत् लागुऔषध र एचआइभी एड्सविरुद्धको अभियान संचालनमा ल्याएका हुन् । १८ वर्ष पहिला लागुऔषधको दुव्र्यसनमा फसेका सातजना युवाको सक्रियतामा जीवनबाटिका स्थापना भएको हो ।

लागुऔषधको कुलतमा फसेर सुधारगृह पुगेका ४७ वर्षीय नविन अर्यालको सक्रियतामा स्थापित संस्थाले लागुऔषध तथा एचआइभी एड्सबाट प्रभावितको क्षेत्रमा काम गर्दै आएको छ । अध्यक्ष अर्यालले लागुऔषधको दुव्र्यसनमा फसेका ३२ जना महिलासहित १६२ जना युवायुवतीलाई दुव्र्यसनबाट मुक्त गराएको जानकारी गराए ।

लागुऔषधको कुलतमा फस्ने पहिलो स्थान विद्यालयको भएको बताउदै अर्यालले यहाँका करिब एक सय विद्यालयका ९ देखि १२ कक्षासम्मका विद्यार्थीमा पुगेर पटक–पटक लागुऔषधी बेफाइदा र एचआइभी एड्स सर्ने तथा बँच्ने र उपायका बारेमा प्रशिक्षण दिइएको जानकारी दिए ।

त्रिभुवन आर्दश माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले दुव्र्यसनविरुद्धको अभियानमा जीवनबाटिका अब्बल रहेको बताए । सात जनाबाट स्थापना भएको जिवनबाटिकामा अहिले १३३ जना आजीवन सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->