पोखरा / पोखरामा जारी केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको समूह चरणको खेल नसकिँदै सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । मंगलबार समूह ‘डी’ अन्तर्गत त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराउँदा अन्तिम चारको टुंगो लागेको हो । मंगलबार नै भएको अत्यन्तै रोमाञ्चक पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम प्रदेशले हराउँदै मधेश प्रदेश प्रदेश सेमिफाइनमा पुगेको थियो । सुदुरको जितले पुलिसलाई धक्का लागेको हो । पुलिसले ४ विकेटको हार व्यहोरेको हो ।
समूह ‘सी’बाट रनरेटका आधारमा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको हो । मधेशले पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा पुलिससँग ५७ रनको हार व्यहोरेको थियो । तीनै टिमको समान २÷२ अंक रहँदा मधेशको रनरेट १.४७२, पुलिसको १.०८४ र सुदुरपश्चिमको –३.२२९ छ ।
१५९ रनको विजयी लक्ष्य पछ्याएको सुदुरले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा ग¥यो । सुदुरका लागि किरण ठगुनाले ५१ रनको अर्धशतकीय अविजित इनिङ खेले । उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । नारायण जोशी १७ रनमा अविजित रहे । उनले ७ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान तथा ओपनर राजु रिजाल १९ रनमा आउट भए । गजेन्द्र बोहोर शुन्यमा बोल्ड भए । आयुव चन्द ५, वसन्त कार्की १५, सुरज तिवारी शून्यमा आउट भए । पुलिसका लागि लागि रसिद खानले सर्वाधिक ३ विकेट लिए । सुनिद धमला र सागर ढकालले १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको पुलिसले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ५ चौका र ५ छक्काको मद्धतमा ६७ रन बनाए । अर्का ओपनर सुनिल धमलाले ४० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाए । अर्जुन साउद २० रनमा आउट भए । कप्तान आरिफ शेख २ रनमा आउट भए ।
दिलिप नाथ ४ र करण केसी ७ रनमा अविजित रहे । सुदुरका लागि विकाश एग्रीले २ तथा भोजराज भट्ट र वसन्त कार्कीले १÷१ विकेट लिए ।
समूह ‘डी’ तर्फ अझै एक खेल बाकीँ छ । आर्मीले ३९ रनको जित हासिल ग¥यो । टस जितेर पहिल ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रनको योगफल तयार ग¥यो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरेका थिए । सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट भए ।
ओपनर समेत रहेका कार्की रिटार्ड हर्ट हुनु अघि ४१ बलमा ५ चौका र २ छक्का समेत प्रहार गरेका थिए । भीमले २४ बलमा ३ चौका र ५ छक्काको मद्धतमा ५३ रन बनाएका थिए । कप्तान बिनोद भण्डारीले १६ बलमा १ चौका र २ छक्काको मद्धतमा १७ र रोहित पौडेलले १५ बलमा ३ चौकाको मद्धतमा २३ जोडे । आर्मीका कुशल मल्ल ७, सन्दिप रिजाल ७, विवेक यादव १, बसिर अहमद् १ रनमा आउट भए । सोमपाल कार्मी ३ र सहाव आलम ८ रनमा अविजित रहे ।
कोशी प्रदेशका लागि सर्वन यादवले सर्वाधिक ३ विकेट लिए । ४ ओभर गरेका यादवले ३२ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् । कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ सुरु गरेको कोशी प्रदेश १८.२ बलमा १ सय ४७ रनमा समेटियो । कोशीका लागि ओपनर सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
समीर कार्कीले २६ बलमा १ चौका, ४ छक्काको मद्धतमा ३४ बनाउँदै आउट भए । सुजन थपलियाले ११ बलमा ५ चौका प्रहार गर्दै २१ रनमा आउट भए । मनिश थापाले १६, कप्तान अंकित सुवेदी शुन्य, कमल खत्री ८, श्रवण यादव ५, फिर्दोज अन्सारी १, सोनु मन्डल ३ र मुकुन्द यादव १ रनमा आउट भए ।
आर्मीका सोमपाल कामी र विवेक यादवले २–२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेलले १–१ विकेट लिए । उक्त समुहमा कोशी र मदन भण्डारी स्पोट्र्स एकेडेमीले समुहको अन्तिम खेल खेल्नेछन् । उक्त खेल दुवै टिमका लागि प्रतिष्ठाको खेलमात्र हुनेछ । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि बागमती प्रदेशको सामना गर्ने भएको छ । यस्तै मधेश प्रदेशले एपिएफको सामना गर्नेछ ।





