शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेदीखोला गाउँपालिकालाई सामाजिक सुरक्षा कोषको सम्मान

फेदीखोला गाउँपालिकालाई सामाजिक सुरक्षा कोषको सम्मान


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८०, बुधबार

स्याङ्जा / अनौपचारिक सामाजिक सुरक्षा कोषमा देशकै पहिलोपटक आवद्धता जनाएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौं वार्षिकोत्सकवका अवसरमा सोमबार संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष घनश्याम सुवेदीले सो सम्मान ग्रहण गरेका हुन् ।

फेदीखोलासँगै मकवानपुरको भीमफेदी गाउँपालिका, पर्साको वीरगन्ज महानगरपालिका, बाराको जितपुर सिमरा उपमहानरगपालिका, महोत्तरीको बर्दीबास नगरपालिका र सिन्धुलीको मरिण गाउँपालिका पनि कोषमा आबद्ध छन् ।

तर, उत्कृष्टको रुपमा फेदिखोला सम्मानित भएको हो । सार्वजनिक निर्माणको काममा सूचीकृत भएका मजदुरलाई ‘मजदुर सञ्चितकोष ’ मार्फत् टेवा पु¥याएको फेदिखोला गाउँपालिका ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ अनुसार गत असारमा आबद्धता जनाएको थियो ।

मजदुर सञ्चित कोषमा आवद्ध ७१४ जना श्रमिकलाई पालिकाको अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्धता रहेको पालिका अध्यक्ष सुवेदीले बताए ।

पालिकाको अनौपचारिक श्रमिक सामाजिक सुरक्षा कोषमा रहेकामध्ये २०१ जनाको केन्द्रको सुरक्षा कोषको सफ्वयरमा प्रविष्ठ भएको र लगातार हुने अध्यक्ष सुवेदीले बताए ।सरकारले तोेकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत पालिकाले र मजदुरको ११ प्रतिशत गरी २०.३७ प्रतिशत सामाजिक सुरक्षाकोषमा योगदान गरिएको छ ।

स्वरोजगारमा रहेका व्यक्तिहरुले न्यूनतम पारिश्रमिकको ३१ प्रतिशतदेखि तीनगुणा कोषमा योगदान गरी कार्यविधि अनुसारको सुविधा लिन पाउने व्यवस्था रहेको छ । योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित बृद्धावस्थामा सुरक्षा योजनाबाट सेवासमेत पाउनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->