शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुन चौपारीमा औद्योगिकग्राम सञ्चालनको तयारी

अर्जुन चौपारीमा औद्योगिकग्राम सञ्चालनको तयारी


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८०, आइतबार

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका रहेको औद्योगिकग्राम प्रयोगमा ल्याउने तयारी गरिएको छ । २०७५ चैत ४ गते प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने नेपाल सरकारको निर्णय अनुसार अर्जुन चौपरी बनाउने प्रक्रिया अगाडी बढाइएको थियो ।

सञ्चालनको अन्तिम तयारीमा रहेको वडा नं १ नब्बेमा रहेको औद्योगिक ग्राममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले निरीक्षण गरेका छन् । तयारी अवस्थामा रहेको यो औद्योगिकग्रामलाई आवश्यक सहयोग गर्ने बताउदै मन्त्री थापाले छुट्टयाइएको बजेटको अन्तिम किस्ता समेत चाँडै भुक्तानी गर्ने बताए ।

पालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाले सरकारको कार्यविधि अनुसार आवश्यक पूर्वाधार बनाएसँगै औद्योगिकग्राम प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिए । ८७ रोपनीमा फैलिएको औद्योगिक ग्राम हेलु अर्जुन चौपारी सडकको पहँुचमा रहेको छ ।

यहाँ ४५७ मिटर तटबन्धन, शौचालय निर्माण, जग्गा सम्याउने कार्य तथा विद्युत बिस्तार, गेट निर्माण गरिएको छ भने १२३ मिटरमा तटबन्धन बाँकी रहेको छ । संघ, प्रदेश र पालिकाको साझेदारीमा निर्माण भएको औद्योगिक ग्राममा हाल सम्म दुई करोड १३ लाख २३ हजार खर्च गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->