आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भारतीय सांसदको कम्पनीमा भेटियो नगद ३ अर्ब ५१ करोड

भारतीय सांसदको कम्पनीमा भेटियो नगद ३ अर्ब ५१ करोड


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८०, सोमबार

पोखरा / कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी (मदिरा बनाउने कारखाना) कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ । आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो ।

समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिलेसम्मकै उच्च रकम हो ।

उक्त रकम झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारको कम्पनीमा भेटिएको हाे । तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

कर छली तथा अफ-द-बुक लेनदेनको आरोपमा उनको कारखानामा छापा मारिएको थियो । पाँच दिनअघिदेखि जाँच सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->