शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खानेपानीको समस्याले बालबालिकाको पढाई प्रभावित

खानेपानीको समस्याले बालबालिकाको पढाई प्रभावित


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०८०, शनिबार

स्याङ्जा /जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा रहेको जनमाबिमा कक्षा १२ मा अध्यनरत सुस्मिता बिकले खानेपानीको समस्याले अध्ययन नै प्रभावित भएको गुनासो गरेकी छन् ।

वडा नं ४ मा अर्जुन चौपारी गाउँपालिकाले गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा बिद्यालयको ड्रेस मै सुनुवाइमा सहभागी बिकले विद्यालय हिँड्ने र फर्केपछि खानेपनीको जोहो गर्न भौतारिँदा पठाइ प्रभावित भएको गुनासो गरेकी हुन् ।

आफ्नो टोलमा दुई लाइन खानेपानी रहेको बताउँदै बिकले आफ्नो लाइनमा पानी नआउँदा परिवारको ठूली छोरीको भएकाले दिनदिनै पानी खोज्नुपर्ने बाध्यता रहेको बताइन् ।
विद्यालयमा ल्याब र कम्प्युर प्रयोग गर्न समस्या रहेको बताउँदै बिकले विद्यार्थीको भविष्यको लागि शैक्षिक सुधार गरिदिन अध्यक्षलाई आग्रह गरिन् ।
यस्तै स्थानिय समाजसेवी डोलप्रसाद चापागाईंले निबुवाबोटबाट आउने गोरेटोबाटो निर्माणको माग गरे ।

सुनुवाईमा एक दर्जन सहभागीले पालिकाको विकास निर्माण, खानेपानी समस्या,बीउविजन उपलब्धता, बाँदर नियन्त्रणलगायतका माग राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकाका समस्या र आवश्यकतालाई मध्यनरजर राख्दै वडा र टोल तहसम्म विकास निर्माणको काम अगाडी बढेको बताए ।
कालोपत्रेले नै नछोएको गाउँपालिकानलाई हेलु अर्जुनचौपारी सडकलाई पालिकाको पहिचानलाई फेर्न सफल भएको बताउँदै अब सो क्रमलाई बढाउँदै लैजाने उनको भनाइ थियो ।

कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखि काम थालनी गरेको बताउँदै उनले युवा, दलित र महिलाका लागि सीपमूलक तालिम प्रदान गरि उद्यमी बनाउने सुनाए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले पालिकाको चौमासिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->