बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

न्यायिक समितिद्धारा आर्थिक लेनदेनमा संलग्नमाथि कारवाहीको माग

न्यायिक समितिद्धारा आर्थिक लेनदेनमा संलग्नमाथि कारवाहीको माग


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०८०, शनिबार

पोखरा/ पोखरा महानगरपालिका न्यायिक समितिले सदस्य भावना श्रेष्ठको आर्थिक लेनदेनमा संलग्नताबारे छानविन गर्न माग गरेको छ । भावनामागि पोखरा २६ बस्ने रविनकुमार श्रेष्ठ निवेदक र सोही ठाँउमा बस्ने नविनकुुमार श्रेष्ठ दोश्रो पक्ष रहेको बाटो निकास खुलाई पाउँ भन्ने विवादका निवेदक रविन श्रेष्ठसँग सो विवादमा दुुई मिटर बाटो दिलाइदिन्छु भनी रकम लेनदेन गरेको आरोप छ ।

उनले पोखरा महानगरपालिका न्यायिक समितिका संयोजक, सदस्य, न्यायिक समितिको सचिवालयमा कार्यरत कर्मचारी तथा पूर्वकर्मचारीहरु समेतलाई रकम लेनदेन कार्यमा सम्बन्धित रहेको जिकिर गरेकी थिइन् । न्यायिक समितिले भावनाको भनाइको खण्डन गर्दै सो कार्यमा संलग्नता नभएको पनि उल्लेख गरेको छ ।

लेनदेनमा संलग्न भएको भनिएकी न्यायिक समिति सदस्य भावनाले समितिका संयोजक मञ्जुुदेवी गुुरुङसमक्ष राजीनामा दिइ सकेको र सो राजीनामाको विषयमा सोही दिन अपरान्ह न्यायिक समिति सचिवालयको बैठक बसी राजीनामाका विषयमा र प्रशारण÷प्रकाशन भएका समाचारहरुका विषयमा आवश्यक छानविन गरी प्रचलित कानुून अनुसार कारवाहीको लागि नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै न्यायिक समिति संयोजक, सदस्य, समितिको सचिवालयमा कार्यरत कर्मचारीले संयुक्त रुपमा मंसिर २७ गते पोखरा महानगरपालिकाका प्रमुुख समक्ष आर्थिक लेनदेनमा संलग्नहरुलाई छानविन गरी आवश्यक कानुूनी कारबाहीको माग गर्दै लिखित निवेदन दिएकोसमेत विज्ञप्ति मार्फत जानकारी गराइएको छ । विज्ञप्तिमा न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङ, न्यायिक समिति सदस्य कालिदास पोखरेल, न्यायिक समिति उजुरी प्रशासक नारायण प्रसाद शर्मा,न्यायिक समिति अभिलेख संरक्षक, सोमनाथ लम्साल, न्यायिक समिति पूर्व इजालस सहायक राममणि अधिकारी, प्राविधिक अमिन दिवाकर सुुवेदी, कार्यालय सहयोगी मुक्ति थापाले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->