बेनी/ म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई सहयोगी हात कास्की नेपालले वासिङ मेसिन सहयोग गरेको छ । गलेश्वरधाम मन्दिरमा आयोजित एक कार्यक्रम गरी जेष्ठ नागरिकको लुगा धुन सहज हुने गरी ७७ हजार बराबरको मेसिन गरिएको हो । सहयोगी हात कास्की नेपालकी अध्यक्ष राधा पौडेलले गलेश्वर जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनसहित आश्रमका पदाधिकारीलाई हस्तान्तरण गरिन् ।
वासिङ मेसिनका लागिका लागि सहयोग हात कास्कीलाई केही युवाले सहयोग गरेका थिए । हाल ४८ जना ज्येष्ठ नागरिक आश्रममा बसोबास गर्छन् ।





