बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

७० मेगावाट क्षमताको मध्य-मर्स्याङ्दीबाट ४० मेगावाटमात्र विद्युत् उत्पादन

७० मेगावाट क्षमताको मध्य-मर्स्याङ्दीबाट ४० मेगावाटमात्र विद्युत् उत्पादन


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८०, सोमबार

लमजुङ / लमजुङको बेँसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ ।

आयोजना प्रमुख पवन बस्नेतका अनुसार आवश्यक पानी नहुँदा ३० मेगावाट बिजुली उत्पादन घटेको हो । गत मङ्सिरको सुरुवातदेखि नै विद्युत् उत्पादन घट्न थालेको उनले बताए । ‘आगामी फागुनसम्म नै बिजुली उत्पादन घट्दै जाने देखिन्छ’, उनले भने ।

मध्य-मर्स्याङ्दी आयोजना सन् २००८ मा २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको हो । लमजुङमै पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी गाउँपालिका-६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट १८ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले जानकारी दिए ।

यस्तै, मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी गाउँपालिका-६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली उत्पादन कम हुन थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->