पोखरा/ डाक्टर सन्तोष बानियाँले प्याकेट च्यात्ने र ढकनी खोल्ने किसिमका खाद्य सामग्री कम उपयोग गरे रोग पर भाग्ने बताएका छन् । आहारविहारमा सचेतना अपनाउन सकेमा क्लोरेष्टोर लगायतका स्वास्थ्य समस्याबाट जोगिन सकिने उनको भनाइ छ ।
डा. बानियाँ कस्केली अधिकृत समाजले सदस्यलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य सचेतना कार्यक्रममा बोल्दै थिए ।
कार्यक्रममा बोल्दै पेन फिजिसियन डा.हरि पौडेलले दुखाइ स्वास्थ्य समस्या रहेको बताउँदै बेलैमा यसबारे सचेत र उपचारविधि अपनाउन सकेमा शारीरिक एवम् मानसिक रुपमा पार्ने थप असरहरूबाट बच्न सकिने बताए ।
सो अवसरमा दुखाइ व्यवस्थापन(पेन म्यानेजमेन्ट), क्लोरेष्टोर एवम् अन्य स्वास्थ्य सचेतना लगायत विविध विषयमा चिकित्सकहरूले प्रशिक्षण दिएका थिए ।कस्केली अधिकृत समाजका सल्लाहकार देवेन्द्र केसीले चिकित्सकद्वयबाट स्वास्थ्य रक्षा सम्बन्धमा धेरै जीवनोपयोगी विषयबारे जानकारी पाइएको बताए ।कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।





