बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखरामा दुई रणनीतिक महत्वका सडकमा विश्व बैंकको सहयोग

पोखरामा दुई रणनीतिक महत्वका सडकमा विश्व बैंकको सहयोग


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८०, शुक्रबार
फाईल तस्वीर ।

पोखरा/ विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरमा दुईवटा रणनीतिक महत्वका सडक निर्माण हुने भएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार १२.४४ किलोमिटर लामो दोबिल्ला –पुँडीटार तथा ४.१४ किलोमिटर लामो सिसुवा–सिसाघाट सडक निर्माण हुने भएको हो । यी दुवै सडकले पोखराको उत्तरपूर्वी वडाहरुको कायापलट गर्ने उनले बताए । ४.१४ किलोमिटर लामो सिसुवा–सिसाघाट सडकको लागि ३५ करोडको ठेक्का आह्वान गरिएको छ । आउँदो अंग्रेजी वर्ष २०२४ को अप्रिल २९ तारिखसम्म ठेकेदारले बोलपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ । यो सडक ग्रामीण सडकको मापदण्ड अनुसार अस्फाल्ट प्रविधिमा निर्माण गरिने छ ।

यस्तै १२.४४ किलोमिटर लामो अर्को सडक दोबिल्ला–बागमारा–तिक्लाङ–भद्रकोट–लामगादी–चप्लाङ–उपल्लो पुँडीटार–तल्लो पुँडीटार–जिगाटे,तगारेगौंडासम्मको हुनेछ । डबल स्टान्र्डर्डमा बन्ने यो सडकको लागि आउँदो अंग्रेजी वर्षको १२ फ्रेबुअरीसम्म बोलपत्र बुझाउने समयसीमा तोकिएको छ । विश्व बैंकले अर्वान गभरमेन्स एण्ड इन्फास्ट्रक्चर प्रोजेक्ट (एनयुजीआइपी) परियोजनाअन्तर्गत यी सडक निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको मेयर आचार्यले बताए । निर्माणाधीन तालचोक–बेगनासताल सडकपछि विश्व बैंकले यो सडकको लागि करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने पनि मेयर आचार्यको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->