बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

फेदीखोला र आँधीखोलामा ३३६ महिलालाई स्वास्थ्य सेवा

फेदीखोला र आँधीखोलामा ३३६ महिलालाई स्वास्थ्य सेवा


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८०, आइतबार

स्याङ्जा/ फेदीखोला गाउँपालिकाले चार वटा वडा र आँधीखोला गाउँपालिकाले वडा नं १ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर गरेका छन् । फेदीखोलाले कार्यतालिका बनाएर पुस १ गतेबाट स्वास्थ्य चौकीमा शिविर गरेको हो ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार शिविरमा स्तन क्यान्सरको पहिचान, पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ, आङ (पाठेघर) खस्ने समस्याको पहिचान, प्रसूतीपश्चात हुने फिस्टुला, परिवार नियोजनका सेवाहरु आइयुसीडी इम्प्लान्ट एवम स्वास्थ्य शिक्षा तथा परामर्श प्रदान गरियो । ४ वटा वडामा भएको शिविरबाट २१७ जना महिलाहरुको सेवा लिएको उनको भनाइ छ ।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ गर्दा शिविरमा सहभागी सबै महिलाको नेगेटिभ देखिएको बताउँदै स्वास्थ्यकर्मी मञ्जु गुरुङले १५ जना महिलाको पाठेघरको मुखमा मासु पलाएको पाइएको र ३० जनाको पाठेघरको मुखमा घाउ भएको परीक्षणले देखाएको बताइन् ।

आँधीखोलामा ११९ ले लिए सेवा

आँधीखोला गाउँपालिकाले वडा नं १ राजास्वारामा गरेको घुम्ती स्वास्थ्य शिविरमा ११९ जना महिलाले सेवा लिएका छन् । वडामा पालिकाले महिलालाई लक्षित गरेर पाठेघर क्यान्सर, स्तन क्यान्सरलगायतका सेवा दिएको हो ।

वडा अध्यक्ष पवनकाजी अधिकारीले शिबिरमा एक जनामा रिङपेसरी राखिएको हो भने एक जनामा पाठेर क्यान्सर र छ जनमा स्तन क्यान्सरको जोखिम देखिएको बताउनुभयो ।
स्थानीय मीना ढकालले गाउँमै सेवा पाएकोमा खुशी हुदै पट पटक यस्ता सेवा गाउँमा दिनुपर्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->