लमजुङ / बेंसीसहरको कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीमा भएको ठगी प्रकरणमा मुख्य दोषी भनिएका घिमिरेलाई आइतबार दिउँसो काठमाडौंको धापासीमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
स्थापना कालको कालिका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेका घिमिरेविरुद्ध जिल्ला अदालतमा सहकारी कसुर ऐन र ठगी गरी २ वटा मुद्दा चलिरहेका छन् ।
घिमिरेपत्नी विनिता अधिकारी घिमिरे भने अझै फरार छिन् । उनी कालिका सहकारीका संस्थापक प्रबन्धक र एकीकरणपछिको कोषाध्यक्ष समेत हुन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले काठमाडौमा पक्राउ परेका घिमिरेलाई सोमबारसम्म लमजुङ ल्याइपुर्याउने बताए ।





