पोखरा/ पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शैक्षिक गुणस्तर उकास्न न्यून स्तरका विद्यालयलाई मर्जरमा लान उत्तम हुने बताएका छन् ।
पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रबार उद्घाटन गदै प्रमुख आचार्यले न्यून विद्यार्थी भएका विद्यालयको शैक्षिक गुणस्तरमा खासै परिवर्तन नभएको दृष्टान्त पेश गर्दै त्यस्ता विद्यालयलाई मर्जर गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा विद्यालयले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।





