शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अर्जुन चौपारीमा बन्यो वन ऐन

अर्जुन चौपारीमा बन्यो वन ऐन


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८०, शनिबार

स्याङ्जा/ अर्जुनचौपारी गाउँपालिकाको १४ औ गाउँ अधिवेशनले वन ऐनसहित तीन ऐन बनाएको छ ।
विधेयक अधिवेशनका रुपमा लिइने अधिवेशनले वन ऐन २०८०, खानेपानी तथा स्वच्छता ऐन र आर्थिक कार्यविधि व्यवस्थित ऐन बनाएको हो । मुख्य गरेर प्रदेशले वन ऐन पारित गरेसँगै पालिकाले वन ऐन बनाएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले समुदायमा आधारित वन र निजी वनका माध्यमवाट दीगो व्यवस्थापन गरी वनमाथिको सामुदायिक तथा निजी अधिकारको सुनिश्चितता, जलवायू परिवर्तन न्यूनीकरण एवं अनुकूलन, जैविक विविधता संरक्षण, वन पैदावारको सदुपयोग, सामाजिक तथा आर्थिक समृद्धि र लैङ्गिक तथा समाजिक न्याय हासिल गर्न ऐन बनाएको बताए ।

सार्वजनिक जग्गाहरुमाथिको भू– स्वामित्व यसै गाउँपालिकामा निहित रहने तिवारीको भनाइ छ ।
यस्तै सामुदायिक बन क्षेत्रका संरक्षण र दिगो व्यवस्थापनका लागि वडाका जनप्रतिनिधिको उपस्थितिमा चार वर्षका लागि उपभोक्ता समूह गठन गर्न सक्ने व्यवस्था गरेको छ ।

समूहमा उपभोक्ता समूहको विधानमा पहिचान गरिएका सबै धरधुरीबाट एक महिला र एक पुरुषको नाम साधारण सदस्यको रुपमा समावेश हुने, उपभोक्ता समूहमा अध्यक्ष वा सचिवमध्ये एकजना महिला र उपाध्यक्ष तथा कोषाध्यक्षमध्ये एक जना महिला रहने ब्यवस्था गरिएको छ ।

उपभोक्ता समूहको कार्यसमितिको अध्यक्ष एक कार्यकाल मात्र बन्ने र चार वर्षमा अधिवेशन नभए उपभोक्ता समूह भंग हुनेछ र तीन महिनामा गठन हुने व्यवस्था गरेको छ ।

पलिकामा १४ औ अधिवेशनसम्म शिक्षा, मदिरा, सहकारीलगायतका १२ वटा ऐन बनाएको छ भने चार वटा नियमावली र ४० वटा कार्यबिधि तथा निर्देशिका जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->