बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

३ महिनामा २३५ बैंकिङ कसुर मुद्दा

३ महिनामा २३५ बैंकिङ कसुर मुद्दा


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८०, बुधबार

पोखरा/कास्की प्रहरीमा तीन महिनामा बैंकिङ कसुरका दुई सय ३५ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजानिक गरेको त्रैमासिक तथ्यांक अनुसार सो अवधिमा स बैंकिङ कसुरसम्बन्धी सबैभन्दा बढी मुद्दा दर्ता भएको हो । यस्तै सार्वजानिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरमा ७९, आत्महत्याका २५, कर्तव्य ज्यान पाँच, ज्यान मार्ने उद्योग चार, जवरजस्ती करणी १०, जवरजस्ती करणी उद्योग एक गरी विभिन्न विषयमा पाँच सय १२ वटा मुद्दा दर्ता भएका छन् । कास्की प्रहरीले नदीजन्य पदार्थ उत्खनन गर्ने ७६ सवारी कारवाहीमा पर्दा एक लाख ६२ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

जुवातासमा ९ वटा मुद्दामा ६२ जना पक्राउ पर्दा ३९ लाख ६७ हजार सात सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त श्रवणकुमार विकले जानकारी दिए । कास्कीले प्रहरीले कार्तिकदेखि पुस मसान्तसम्मको प्रतिवेदन सार्वजानिक गरेको हो । उक्त प्रतिवेदन अनुसार प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक एक, प्रहरी हवल्दार एक र प्रहरी सहायक हवल्दार पाँच गरी ८ जनालाई खराब आचारण व्यवहारका कारण कारवाही समेत गरेको छ भने एक प्रहरी नायब उपरीक्षकलाई सम्मान गरेको छ । यस्तै प्रहरीहरुलाई भीड नियन्त्रण, बल प्रयोग र हातहतियार प्रयोगसम्बन्धी तालिम प्रदान गरेको छ । विकका अनुसार तीन महिनामा फैसला कार्यान्वयन तथा फरार अभियुक्तमध्ये १५० जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->