शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ट्राफिक प्रहरीका लागि नस्य र जलनेती अभ्यास

ट्राफिक प्रहरीका लागि नस्य र जलनेती अभ्यास


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८०, आइतबार

बागलुङ/ दिनभर सडकमा उभिने ट्राफिक प्रहरीका आफ्नै दुःख छन् । धुलो होस वा धुँवा, वर्षा होस् वा चर्को घाम । सडक दुर्घटना हुन नदिन आफ्नो कर्तव्य पुरा गर्नुनै छ । सडक दुर्घटनाबाट नागरिकलाई जोगाउन दिनभर सडकमा खटिने प्रहरी आफ्नै स्वास्थ्यको बारेमा भने प्रायः बेखबर हुन्छन् ।

सडकमा वायू प्रदुषणको प्रत्यक्ष असर भोग्ने ट्राफिक प्रहरीका लागि गण्डकी प्रदेश सरकारले स्वास्थ्य प्रबद्र्धनात्मक कार्यक्रम ल्याएको छ । आयुर्वेद चिकित्सा विधिको प्रयोग गरेर स्वास्थ्यको ख्याल गर्न प्रहरीलाई प्रेरित गर्न सरकारले कार्यक्रम ल्याएको हो । प्रदेशका ११ वटै जिल्लामा सञ्चालन हुने नस्य र जलनेती क्रिया सञ्चालन कार्यक्रम बागलुङबाट सुरु भएको छ ।

शनिबार धौलागिरी आयुर्वेद औषधालयको आयोजना र जिल्ला प्रहरी कार्यालयको समन्वयमा नस्य र जलनेती क्रिया अभ्यास कार्यक्रम सुरु गरिएको हो । नसर्ने रोग र जीवनशैलीबारे जानकारी, योग र ध्यान एवम् ब्यायामको अन्तर र जीवनमा व्ययामको महत्व, नस्य जलनेती कृया प्राणायाम र वायु प्रदुषणजन्य रोगमा आयुर्वेदको भुमिकाका बिषयमा जिल्लामा कार्यरत ४३ जना ट्राफिक प्रहरी अधिकृत तथा जवानहरुलाई जानकारी गराइएको छ ।

‘हिजो हामी आयुर्वेदिक उपचार पद्धतिबाटै उपचार गरेर आयौं, आज पनि यसको महत्व उत्तिकै छ,’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने ‘ट्राफिक प्रहरीका लागि नस्य र जलनेती क्रिया सञ्चालनले महत्वपूर्ण सहयोग गर्छ ।’

कार्यक्रममा सहभागि प्रहरीको स्वास्थ्य परामर्श रक्तचाप, तौल र रगतमा चिनीको मात्रा जाँच तथा औषधि बितरण गरिएको थियो । डा. शरद पन्थी, डा. निर्मल भुसाल, डा. कमलविक्रम पौडेल, एकराज ढुंगाना र सुनिलबहादुर थापाले सहजीकरण गरेका थिए । ल्याव टेक्निसियन मनोज भुसालले प्रयोगशाला सेवा दिए ।

औषधालयका प्रमुख डा. सरद पन्थीको अध्यक्षता, लेखापाल यामबहादुर थापाको स्वागत र डा. कमल बिक्रम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्य र प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->