शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा उद्योग वाणिज्य संघमा महादेव 

स्याङ्जा उद्योग वाणिज्य संघमा महादेव 


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८०, बिहिबार
स्याङ्जा/ राजनीतिक पार्टीबीच आम चुनावको उपक्रममा हुने प्रतिस्पर्धाको झल्को दिने गरेको भएको स्याङ्जा उद्योग वाणिज्य संघको ३८ औँ साधारण सभा तथा अधिवेशनबाट महादेव श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।

श्रेष्ठले निकट्तम प्रतिस्पर्धी हिक्मतकुमार श्रेष्ठलाई आठ मतले पराजित गरेका हुन् । ५८६ सदस्य रहेको वाणिज्य संघको निर्वाचनमा ४७५ मत खसेकोमा महादेवले १४९ मत पाए । अध्यक्षको लागि चारजना प्रतिस्पर्धी मैदानमा थिए ।
नेपाली कांग्रेस समर्थित व्यवसायी बाहुल्यता रहेको स्याङ्जा उद्योग वाणिज्य संघमा काग्रेसका केन्द्रीय नेता गोपालमान श्रेष्ठ र जिल्ला सभापति राजु थापाबीचको  अघोषित प्रतिस्पर्धा देखियो । निर्वाचनमा गोपालमान श्रेष्ठको समर्थन पाउनु भएका हिक्मत श्रेष्ठको पराजीत हुँदा जिल्ला सभापति राजु थापाको साथ पाएका  महादेवले बाजी मारे । जिल्लाको पहिलो उद्योग वाणिज्य संघको माघ ५ गते अधिवेशनको उद्घाटन र ६ गते मनोनयन भएकोमा ११ दिनपछि निर्वाचन भएको हो । निर्वाचन प्रक्रिया लम्ब्याएर सहमति खोज्ने प्रयत्न असफल भएपछि  अन्तिममा निर्वाचन भएको थियो ।
निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा भीमकुमार श्रेष्ठले प्रतिस्पर्धी अर्जुन थापालाई २० मतले पराजित गरे । थापाले २१९ मत पाएका थिए । उपााध्यक्षमा गंगा प्रधान(महिला उद्यमीतर्फ), शाखाँलित मियाँ(वाणिज्य तर्फ) र दीपकुमार श्रेष्ठ(उद्योगतर्फ) निर्विरोध बने ।
यस्तै महासचिवमा रविन्द्र केसीले आशिष लम्साललाई ३५ मतले पराजित गरे । लम्सालले १९९ मत प्राप्त गरेका थिए  । सचिवमा रामप्रसाद लम्सालले प्रकाश डोटेललाई ८७ मतले पराजित गर्दा कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठले लक्ष्मण प्रधानलाई १३ मलते पछि पारे । कार्यसमितिको  सदस्यहरुमा हिटलर पौडेल(२५२), अमृत लामिछाने(२४७), मिनाकुमारी सुवेदी(२३६), सुदर्शन रेग्मी(२२५), छायाँदत्त सापकोटा(२१७), सूर्यप्रसाद शर्मा लामिछाने(२१४), कौशिला पौडेल क्षेत्री(२१३) र राजेन्द्र श्रेष्ठ (२१०) निर्वाचित भएका निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए । अध्यक्ष, सचिब र कोषाध्यक्ष तथा निर्बिरोध तीनै जना एक प्यानलका हुन भने वरिष्ठ उपाध्यक्ष, महासचिव अर्को प्याानलका हुन् । सदस्यमा भने  दुवै पक्षका चार–चार जनाले जीत निकालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->