आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अमेरिकी भिटोले गाजाको अवस्था अझ खतरनाक : चीन

अमेरिकी भिटोले गाजाको अवस्था अझ खतरनाक : चीन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०८०, बुधबार

काठमाडौं / गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पेस मस्यौदा प्रस्तावमा संयुक्त राज्य अमेरिकाले फेरि एकपटक भिटो प्रयोग गरेकोमा चीनलगायत विभिन्न पक्षहरूले कडा निराशा र असन्तुष्टि व्यक्त गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्ने बताए। प्रवक्ता माओ निङले दैनिक प्रेस ब्रिफिङमा अल्जेरियाको मस्यौदा प्रस्तावको विरुद्धमा अमेरिकी मतदानबारे टिप्पणी माग गर्दा सो धारणा व्यक्त गरेका हुन्।

गाजा द्वन्द्वसँग सम्बन्धित मस्यौदा प्रस्तावमा अमेरिकाले भिटो लगाएको यो तेस्रोपटक हो। माओले लामो समयदेखि प्यालेस्टाइन-इजरायली द्वन्द्वले गाजामा विनाशकारी मानवीय अवस्था निम्त्याएको र क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पारेको बताए।

अरब राष्ट्रहरूको तर्फबाट अल्जेरियाले पेस गरेको मस्यौदा प्रस्तावमा गाजामा तत्काल युद्धविराम, सबै बन्धकहरूको तत्काल रिहा, मानवीय आपूर्तिको सुनिश्चितता पहुँच र जबर्जस्ती विस्थापन अस्वीकार गर्न माग गरिएको छ।

त्यहाँको परिस्थितिले तुरुन्तै आवश्यक कदम चाल्न माग गरेको र मानवताको न्यूनतम आवश्यकताको आधारमा मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का सदस्यहरूको अत्यधिक बहुमतले समर्थन गरेको थियो। चीनले पनि यसको पक्षमा मतदान गरेको थियो।

प्रवक्ता माओले सुरक्षा परिषद्लाई थप जिम्मेवार र अर्थपूर्ण कार्यहरू गर्दै गाजामा युद्धविरामका लागि अथक प्रयास गर्न, मानवीय अवस्थालाई सहज बनाउन चीन अन्तर्राष्ट्रिय समुदायका सबै पक्षहरूसँग मिलेर काम गर्न तयार रहेको धारणा व्यक्त गरे। (रासस-सिन्ह्वा)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->