सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रिय हक्की खेल्न गण्डकीको महिला टिम घोषणा

राष्ट्रिय हक्की खेल्न गण्डकीको महिला टिम घोषणा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८०, आइतबार

पोखरा / मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रथम मदनभण्डारी राष्ट्रिय हक्की च्याम्पियनसिपका लागि गण्डकीको टोली घोषणा गरिएको छ । धनुषामा सोमबारबाट हुने प्रतियोगिताका लागि गण्डकीको १५ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

सोनु बरालको कम्तानीमा रहेको टोलीमा अनुष्का थापा, इश्मीका क्षेत्री, खुसी मगर, गरिमा आले, प्रनिशा गुरुङ, राइशा खातुन, गीता पुन मगर, शिवानी बोहोरा, मेलिना थकाली, समीक्षा क्षेत्री, प्रशना विक, सुष्मा घर्ती, रोजिना राना मगर, विमु नेपाली रहेका छन् । टिमको व्यवस्थापकमा प्रशना मगर र प्रशिक्षकमा हित गुरुङ रहेका छन् ।

सोमबारबाट आयोजना हुने प्रतियोगितामा गण्डकी समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा गण्डकीसहित बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश रहेका छन् । यस्तै समूह ए मा कोशी, मधेश प्रदेशसहित मदनभण्डारी स्पोट्र्स एकेडेमी र त्रिभुवन आर्मी क्लब रहेका छन् ।

गण्डकीले पहिलो खेल फागुन १५ गते सुदुरपश्चिमसँग खेल्ने छ । यस्तै १६ गते लुम्बिनी र १७ गते बागमतीको सामना गर्नेछ । गण्डकीको टोली आइतबार धनुषाका लागि प्रस्थान गर्नेछ । प्रदेश हक्की संघ र जिल्ला हक्की संघले शनिबार खेलाडीलाई बिदाइ तथा अभिभावकसँग भेटघाट सम्पन्न गर्दै टोली सार्वजानिक गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->