सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८०, बुधबार

पोखरा / एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो ।

पोखरामा पहिलोपटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइलनमा प्रतिभासँग स्तब्ध अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतिभाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अमरसिंह निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सफल भयो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको प्रतिभाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

अमरसिंहका सुमन पन्त प्लेयर अफ द सिरिज बने । उनले ७ हजार ५ सय रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । सगरमाथा माध्यमिक विद्यालयका सिब्रिन श्रेष्ठ उत्कृष्ट ब्याटर र गण्डकी बोर्डिङ स्कुलका समीर पौडेल उत्कृष्ट बलर बने । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->