बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

माछापुच्छेका विद्यार्थीबाट शिक्षक सम्मान

माछापुच्छेका विद्यार्थीबाट शिक्षक सम्मान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८०, सोमबार

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छे« माध्यमिक विद्यालयमा २०४७ सम्म अध्ययन गरेका समकालीन साथीहरूको समूहले सम्मान, वनभोज तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
०४७ समूहका विधार्थी एवं अन्नपूर्ण गाउँपालिका कास्कीका निवर्तमान अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालीन प्रधानाध्यापक रामचन्द्र सुवेदी, शिक्षकहरू कृष्णबहादुर कुँवर, शिवकुमार सुवेदी, हरिकुमार श्रेष्ठ, तेजप्रसाद काफÞ्ले, गमबहादुर कुँवर, कृष्णबहादुर केसी, केदारनाथ अधिकारी र रामेश्वर सुवेदी सहित नौजना शिक्षकहरूलाई सम्मानसमेत गरिएको थियो ।
समूहका सदस्य गणेशप्रसाद अधिकारीले स्वागत, पार्वती भण्डारी आचार्यले धन्यवाद गरेको कार्यक्रमको संचालन समुहका संयोजक टंकराज अधिकारीले गरेका थिए । त्यो समूहबाट २०४७ सालमा कक्षा १० बाट एसएलसीमा सहभागिता जनाउने विद्यार्थीको संख्या ८८ रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->