बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङ एमाले अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

लमजुङ एमाले अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

अध्यक्ष विष्टले पदभार ग्रहण गर्दै लमजुङमा पार्टीलाई अझ गतिशील, क्रियाशील र वैचारिक बनाउँदै लगिने बताए ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०८०, सोमबार

लमजुङ / नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनबाट राजकुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । कूल ५ सय ६ मत खसेकोमा विष्टले २ सय ८८ मत ल्याए । अधिकारीले १ सय ९९ मत प्राप्त गरे ।

उपाध्यक्षमा शुभाष पौडेललाई ५ मतले हराउँदै जितबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले २ सय ४२ मत प्राप्त गर्दा पौडेलले २ सय ३७ मत प्राप्त गरे । सचिवमा २ सय ३९ मतान्तरले राजेन्द्र बोहरा निर्वाचित भएका छन् । उनले ३ सय ५८ मत ल्याउँदा प्रतिद्धन्द्धि जनकराज मिश्रले १ सय १९ मत ल्याए ।

उपसचिवमा २ सय २० मतान्तरले विवश बुढाथोकी निर्वाचित भएका छन् । उनले ३ सय ४९ मत मत ल्याउँदा प्रतिद्धन्द्धि राजेन्द्र अधिकारीले १ सय २९ मत ल्याए । महिला उपाध्यक्षमा राममाया थापामगर निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित सवै अध्यक्ष विष्टका प्यानलका हुन् ।

चैत १६ गते उद्घाटन र १७ गते बन्दसत्रको आयोजना गरेको नेकपा एमाले लमजुङको अधिवेशनको अन्तिम मतपरिणाम सोमबार दिउँसो सार्वजनिक भएको थियो । जिल्ला कमिटी सदस्यको लागि क्व्होलासोथार, दोर्दी, मर्स्याङ्दी र दूधपोखरी साथै मध्यनेपाल र राइनास नगरपालिकामा सर्वसम्मत भएको थियो । भूगोलतर्फ बेंसीसहर र सुन्दरबजार नगरपालिकाका प्रतिनिधिबीच चुनाव भएको थियो ।

अधिवेशनले खुलातर्फ प्रेमबहादुर भट्टराई, पेमा गुरुङ, कृष्ण केसी, शिवप्रसाद जोशी, अर्जुन अधिकारी र सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । खुला महिलातर्फ चन्द्रमा घिमिरे, पदमा गुरुङ, शान्ता सापकोटा र बुनाकुमारी रिमाल निर्वाचित भएका छन् ।

जिल्ला कमिटीमा ५७ जना निर्विरोध निर्वाचित भएका छन् । लेखा कमिटीमा अध्यक्षसहितका पदाधिकारी निर्विरोध भएका छन् । १ जना सदस्यमा मात्रै निर्वाचन भएको थियो । पदाधिकारी ४, खुल्ला सदस्य १० (६ खुला र ४ महिला), भूगोलमा बेंसीसहर ५ (३ खुला र २ महिला), सुन्दरबजार ५ (३ खुला र २ महिला) र लेखा सदस्य १ जनामा निर्वाचन भएको नेकपा एमाले नवौं जिल्ला अधिवेशन मुख्य निर्वाचन अधिकृत महेन्द्रलाल श्रेष्ठले बताए ।

नवनिर्वाचित अध्यक्ष विष्टले पदभार ग्रहण गर्दै लमजुङमा पार्टीलाई अझ गतिशील, क्रियाशील र वैचारिक बनाउँदै लगिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->