पोखरा/पोखरा ३, नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माविले कक्षा १२ मा अध्ययनरत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्ट विषयका विद्यार्थीहरुलाई विद्यालयले बिदाइ गरेको छ ।
विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष चिनकाजी गुरुङले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय भएकोले यसैको जगमा उभिएरस्वरोजगार बन्न सक्ने शैक्षिक मार्ग रोज्नु पर्ने सुझाव दिए ।
विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले भविष्यमा घरपरिवार, समाज र राष्ट्रकै जिम्मेवारी बोक्नसक्ने अब्बल बन्ने दिशामा अगाडि बढ्न आग्रह गरे । प्रिन्सिपल साइन्द्र श्रेष्ठका अनुसार कार्यक्रममा विद्यालय संस्थापक एवम शिक्षक, शिक्षिकाले बिदाइ भएर जान लागेका विद्यार्थीको सुखद शैक्षिक भविष्यको कामना गरेका थिए । कक्षा ११ र १२मा अध्ययरत प्रथम श्रेष्ठ, क्यारोल गुरुङ र सुजन आचार्यद्वारा सञचालित सो कार्यक्रममा कक्षा १२ की भूमिका सुवेदी दीपेश आलेमगरले पनि प्रस्तुति दिएका थिए ।





