शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा एमालेमा पारसको दबदबा

स्याङ्जा एमालेमा पारसको दबदबा


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८०, बुधबार

पोखरा/नेपाल कम्युनिष्ट पार्टीबाट एमाले र माओवादी केन्द्र विभाजनपछि माओवादी नेता रामबहादुर थापा‘ बादल’ले एमाले नै रोजे ।
बादलले आफूसँगै देशभरका केही नेता÷कार्यकर्तालाई पनि एमालेमै लगे र तीमध्ये एक थिए–स्याङ्जाका सूर्यप्रसाद गैरे ‘पारस’ । माओवादी पृष्ठभूमिबाट एमाले रोजेका पारसलाई केही समय एमालेका पुराना नेता–कार्यकर्ताले उतिसारो विश्वास गरेनन् । कतिसम्म भने उनी लामो समय एमालेमा नरहने आँकलन पनि भयो । तर, पारस अपवाद बने । उनले एमालेको राजनीतिमा छलाङ मार्दै गरेकी स्याङ्जाकै नेतृ पद्माकुमारी अर्यालको विश्वास जिते । अनि त के थियो ! आठौं जिल्ला अधिवेशनमा एमाले स्याङ्जाका हस्ति मानिने नारायणप्रसाद मरासिनीसँग भिड्न कस्सिए ।
हालका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्यालको साथ पाउँदा जिल्ला अध्यक्ष पद नै उनको भागमा आयो । जिल्ला अध्यक्ष हुँदै गर्दा उनले गल्याङ नगरपालिकाको मेयरको टिकट पाए । मेयरमा भने उनी पराजित बने । तर, उनले आफूलाई राजनीतिको केन्द्रमा नै राख्न कुनै कसर बाँकी राखेनन् ।
एमाले स्याङ्जाको हालै सम्पन्न नवौं जिल्ला अधिवेशनमा पनि उनी प्रत्यासी बन्दै मैदानमा ओर्लिए । पार्टी केन्द्रले हाल जनप्रतिनिधिको रुपमा रहेका नेतालाई कार्यकारी पदमा नराख्ने निर्णय गरेपछि उनलाई हुनु भयो । पारस उपनाम राखेका सूर्यले चम्किने मौका पाए । उनी सर्वसम्मत रुपमा अध्यक्ष चयन भए ।
कमान्डो फौजी क्षेत्र र जेल जीवनबाट बाहिर निस्केका सूर्यसहित एमाले स्याङ्जाका सबै पदाधिकारी सर्वसम्मत चुुनिए । चैत २३ गतेबाट सुरु भएको अधिवेशनमा ६०९ जना प्रतिनिधिको बीचमा सहमति गरेर निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र (आरसी) भट्टराई, उप सचिवमा अमृत श्रेष्ठ र चिनमायागुरुङ चुनिएका छन् ।
असन्तुष्टि पनि
सर्वसम्मत नेतृत्व चयन भए पनि सहमतिको नाममा नेताले पकेटका नेता हालेको र समिति बनााएको आरोप भने लगाइयो । पहिलो चरणमा एक÷दुई पालिकामा निर्बिरोध निर्वाचित भएपनि नेताले आफ्नो पकेटका जिल्ला लैजानकै लागि सहमतिको नाटक रचिएको युवा नबिन पौडेलले बताए । उनले सामाजिक सञ्जालमार्फत् नेताहरु नीतिमा नचलेको र नीतिमा नचल्नेलाई नेता मान्न नसकिने टिप्पणी गरेका छन् । पौडेलजस्तै बिमला नेपालले मैदानमा उत्रन डराउने छेरुवाहरु केको नेता भन्ने प्रश्न गरेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->