शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कालीपुलमा पर्यटक सूचना केन्द्र

कालीपुलमा पर्यटक सूचना केन्द्र


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८१, सोमबार

बेनी/ म्याग्दी जिल्लाभित्रका पर्यटकीय क्षेत्रको जानकारी दिने उदेश्यले बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।

बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघले संयुक्त रूपमा वि.सं. २०७५ मा स्थापना गरिएको पर्यटक सूचना केन्द्र कोरोना भाइरस र आन्तरिक व्यवस्थापनका कारण ३ बर्षदेखि आर्थिक र व्यवस्थापकीय समस्या भएपछि बन्द अवस्थामा रहेको थियो । मुस्ताङ जिल्लाको प्रवेशद्वारका रूपमा रहेको कालिपुलमा रहेको केन्द्रको नयाँ वर्ष २०८१ सालको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो ।

म्याग्दीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई म्याग्दी जिल्लाका पर्यटकीय, धार्मिकस्थलका बारेमा जानकारी दिने, पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क संकलनका साथै म्याग्दीको अर्गानिक उत्पादनको बिक्री वितरणका लागि केन्द्रको सञ्चालन गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी हासिल गर्न पर्यटन सूचना केन्द्रले प्रभावकारी काम गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए ।

जिल्ला ट्राफिक कार्यालय नजिक रहेको पर्यटन सूचना केन्द्रमा म्याग्दीका स्थानीय तहको सेक्सन बनाएर पर्यटकीय स्थलको फ्रेमसहित फोटाहरू, ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन, पर्यटकीय क्षेत्रको म्याप, गाइड बुक र ब्रोसर राखिएको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा पर्यटन सूचना केन्द्रका संयोजक राजेश शाक्यले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->