पोखरा/ घुस सहित पक्राउ परेकी पोखरा महानगरपालिकाकी सव इन्जिनियर उषाकिरण रोकायालाई निलम्बन गरिएको छ । पोखरा महानगरपालिका १० का एक सेवाग्राहीको घर निर्माण सम्पन्न गराउने भन्दै घुस लिएपछि पक्राउ परेकी उनलाई महानगरले अनुसन्धान नसकिँदासम्मका लागि निलम्बन गरेको हो ।
महानगरपालिकाले अनुसन्धान नसकिदासम्मका लागि निलम्बन गरेको हो । अदुअआले चैत २८ गते पोखरा ५ बाट रोकायालाई नियन्त्रणमा लिएको थियो । महानगरको पत्रमा भनिएको छ,,‘घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ स्थानीय सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०७९ को दफा १०० उपदफा (१) बमोजिम मिति २०८०/१२/३० देखि लागू हुने गरी जाँचबुझ एवं अनुसन्धान कार्य समाप्त नहुन्जेल सम्मका लागि निलम्बन गरिएको छ ।’ महानगरको चैत ३० गतेको निर्णयले उनलाई निलम्बन गरेको हो ।
चैत २८ गते सव इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुससहित रंगे हात पक्राउ गरेको थियो । रोकायालाई पोखरा ५ मालेपाटबाट नियन्त्रणमा लिएको थियो । पोखरा ४ महेन्द्रपुलमा रहेको सेल्वेजमा घुस लिएका थिए । रोकायालाई पिछा गर्दै मालेपाटनबाट नियन्त्रणमा लिइएको हो भने सुरजलाई सेल्वेजबाट ।





