बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

जिप र माइक्रोबस ठोक्किंदा ८ जना चिनियाँ नागरिक घाइते

जिप र माइक्रोबस ठोक्किंदा ८ जना चिनियाँ नागरिक घाइते


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८१, बिहिबार

पोखरा / माइक्रोबस र जिप ठोक्किँदा पोखरामा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा.१३ च.५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोकतर्फ जाँदै गरेको हाइस माइक्रो बस विहिवार बिहान ४ः४० बजे राष्ट्रक बैंक चोकमा ठोक्किएका थिए ।

दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

स्कार्पियो चालक धादिङको नेत्रावती-१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा-९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालकमात्र थिए ।

दुर्घटनामा पार्किङमा रोकिराखेको बा.२१ प. ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->